Tuesday 28th July 2026

आशा खड्काको उत्कृष्ट अभिनयमा रहेको मुग्लानी (भिडियो सहित)


तीतोपाटी- मोडल आशा खड्काको उत्कृष्ट अभिनयमा रहेको (मुग्लानी) बोलको दशै गित युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ ।

हिन्दु धर्मावलम्बीहरुको महान पर्व बिजया दशमीलाई लक्षित गरि स्वदेशमा पर्याप्त रोजगारको ब्यबस्था नभएको कारण बाध्यताबस घर परिवार र आफ्नो देशै छोडेर परदेशमा पसिना बगाउने हरेक नेपालीको सत्य परिस्थितिलाई गीतको रुप दिएर सप्तऋषि म्युजिक प्रा.लीको प्रस्तुतिमा ‘मुग्लानी’ दशै गित  बजारमा ल्याइएको हो ।

ऋषि खड्काको लय तथा बिपेश घिमिरेको शब्द रहेको गीतमा सांगीतिक क्षेत्रमा निकै चर्चा कमाएकी अती ब्यस्त गायिका शान्तिश्री परियार र गायक ऋषि खड्काको सुमधुर स्वर रहेको छ ।

मोडल तथा गीतकार बिपेश घिमिरेको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा आफ्नो उत्कृष्ट प्रस्तुति दिदै धेरै गीतहरु बजारमा ल्याएर नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएका सम्पुर्ण दर्शकको मन जित्न सफल मोडल बिपेश घिमिरे र उस्तै प्रतिभाकी धनी कलाकारीतामा सबैको पहिलो रोजाईमा पर्ने बहुचर्चित मोडल आशा खड्काको उत्कृष्ट अभिनय रहेको छ भने रेशम दर्लामीले छायांकन साथै प्रदीप दाहालले सम्पादन गरेका छन ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले क्यास्पियन सागरमा रहेको एक इरानी जहाजमाथि सफल लामो दूरीको आक्रमण गरेको दाबी गरेको छ। यदि यो पुष्टि भयो भने,…

डा. गोविन्द केसीले २०१२ देखि पटक–पटक अनशन गर्दै मुख्यतः स्वास्थ्य सेवा, मेडिकल शिक्षा सुधार, सुशासन र राजनीतिक हस्तक्षेप अन्त्य का…

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

प्रतिकृयाहरू
...