Tuesday 18th August 2026

इजरायलमा गायिका उमाको तिज धमका भव्यरूपमा सम्पन्न


बसन्त थापा- एनआरएनए-एनसिसि इजरायल, र खेलकुद प्रेमी युवा समुह इजरायल तथा अन्य १४ संघ संस्थाको संयुक्त आयोजनामा हरितालिका तिज उत्सव २०७५ कार्यक्रममा उमा श्रेष्ठको साथमा नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालीका तिज कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ।

सेप्टेम्बर १३/ २०१८ बिहिवारको दिन इजरायल पुगेकी गायिका उमा श्रेष्ठले, इजरायलमा कार्यरत नेपाली हरुलाई छम छमी नचाहेर यो वर्षको तिजलाई इजरायल बासी नेपालीहरु सङ्ग बिदाई गरेकी छिन।

सुमधुर स्वोरकि धनी गायिका उमा केहि महिना पहिले मात्रै कुवेतको एक सन्स्कृतिक कार्यक्रममा आएकी थिइन उक्त कार्यक्रममा पनि कुवेतबासी नेपाली हरुलाई भरपुर मनोरञ्जन दिएर कुवेतमा कर्यरत नेपालीहरुको माया लिएर गएकी हुन।

लामो समय देखी गित संगीत क्षेत्रमा आवद्ध रहेकी श्रेष्ठका विभिन्न मौलिकता बोकेका गितहरु बजारमा रहेका छन।

हालै बजारमा आएको (भाइरल) तिज गितले सम्पुर्ण दर्शकश्रोता हरुको मन जित्न सफल भएको छ, भने गायिका उमाले देश तथा बिदेशबाट पनि उत्तिकै माया र साथ पाएको भन्दै विभिन्न कार्यक्रमको लागि बिदेश जाने पनि उत्तिकै बढिरहेको र यसरी दर्शनकको माया पाउदा आफू निकै खुसी रहेको साथै इजरायलको उक्त कार्यक्रम निकै उत्साह पुर्ण सम्पन्न भएको उमाले तितोपाटी डट कमलाई बताएकी छिन।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा तनाव थप बढ्दै गएको छ। यूएईको रक्षा मन्त्रालयका अनुसार इरानबाट प्रक्षेपित दुईवटा ब्यालिस्टिक मिसाइल यूएइको हवाइ क्षेत्रमा देखिएका छन्।…

मालीको एक अदालतले सैन्य सरकार (जुंटा) को आलोचना गरेका चर्चित पत्रकार मोहम्मद युसुफ बाथिली (रास बाथ) र सामाजिक अभियन्ता रोकिया…

अहिले चरम गर्मीको समय छ । गर्मीको कारण हामीलाइ खाना नरूच्ने, माछा मासुजस्ता गरिष्ठ खानपानले स्वास्थ्य गडबडी हुने तथा पाचन…

प्रतिकृयाहरू
...