Wednesday 18th July 2018

के डेरी व्यवसायीले दुषित दुध वेचेकै हुन् त् ? यस्तो छ वास्तविकता


बालकृष्ण घिमिरे- दुध र दुग्धजन्य पदार्थ जाडो मौसममा स्वत चिसो हुने भएका कारणले होला पन्चानब्ये प्रतिशत बिग्रदैन र अनुगमन गर्ने निकायहरु निस्कृय बस्ने गर्दछन | तर जब गर्मि मौसम सुरु भयो तव विभिन्न सरकारी संयन्त्रहरु सकृय भएको देखाउन थाल्दछन । कारण दुध र दुग्धजन्य पदार्थ जाडो मौसममा भन्दा गर्मि मौसममा अत्याधुनिक प्रविधि द्वारा प्रषोधन नगर्दिने हो भने अत्याधिक मात्रामा दुषित र खान योज्ञ रहदैन । मुहान अर्थात गाई भैंसीको थुन देखि पशुपालक कृषक दुध संकलक दुध प्रशोधन गर्ने ठुला साना डेरी उद्योग दुग्धजन्य पदार्थ बिक्रि गर्ने पसल र स्वयम् खरिद कर्ता ग्राहकवर्गहरु सचेत नहुदा सम्म दुग्धजन्य पदार्थ दुषित हुन्छ ।

यहाँ एउटाले अर्कोलाई आरोप लाएर पन्छिने ठाउँ रहदैन । त्यसैले यसको गहिराईमा नपुगी र वास्तविकता नबुझि एकोहोरो दुध र दुग्धजन्य पदार्थ दुषित र अखाध्य पदार्थ बनाउनुमा डेरी उद्योग अथवा डेरी व्यवसायीको मात्रै हात छ भन्ने रटान रट्नु आजकालका शहरिया बच्चाहरुले दुध कहाँ बाट आउछ भन्ने प्रश्न गर्दा ट्यांकर बाट आउछ भन्नु सरहको अज्ञानता र कु-बुझाई मात्रै हो भन्दा अतियुक्ति नहोला ।

यी माथिका हरफहरु कोरी रहदा सतप्रतीशत डेरीहरु सुद्ध दुध र दुग्धजन्य पदार्थको बिक्रि वितरण गर्दछन भन्न खोजिएको हैन । र त्यो आजको परीवेश र परिस्थितिमा सम्भवपनि छैन।

हाल हाम्रो मुलुकमा कसरि उत्पादन भएको छ दुध ?

हाल सम्म अत्याधिक मात्रामा सामान्य गरिखाने गाउले परिवेशमा हुर्किएका नागरिकले बिहान बेलुकाको छाक टार्नकै लागि आफ्नो क्षेमता अनुसार एक / दुई वटा गाई भैसी पालन गरि आफ्नो पाखा बारीमा भएको खास स्याउला पराल आदि ईत्यादी ख्वाई बिहान बेलुका भकारोमा बाल्टी थापेर गाई भैसीको कल्चौडो वाट दोहेको चार लिटर दुधमा कम्तिमा आधा लिटर खोल्सो , खेत वारिको भित्ता बाट निस्केको संकलित पानि ( जो बाल्टी ढुम्रो पखाल्दा राखिन्छ ) हालेर गाउँका तीनै किसान मध्यको एकजनाले संकलन गरि शहर लैजान्छन । सयौ किसान मध्येका एकजना किसानको अज्ञानता र अशिक्षाका कारण संकलन केन्द्र ( मेल ) मा दुध पुर्याउदा दुधको भाडो भित्र भातका सिता , गोहोवरका टुक्रा आदि ईत्यादी समेत जाने गर्दछन । एउटा संकलन केन्द्रमा एकहजार लिटर दुध संकलन हुदा कम्तिमा एक सय जना कृषक ( घासे ) ले दुध ल्याएका हुन्छन । सय जना कृषक मध्ये एक जना कृषकले ल्याएको दुधमा दुषित पानि , खाध्यानका टुक्रा , गाई गोठको भकारो परेर आएको हुन सक्छ । साथै सय जना मध्ये एकजना कृषकले पालेको गाई भैंसीमा कुनै न कुनै रोग लागेको हुनसक्छ | त्यो रोगि बस्तुको दुध समेत हजार लिटर दुधमा मिसिएको हुन्छ र त्यो पुह्रै दुध कुनै न कुनै कारणले दुषित भएकै हुन्छ।

संकलन केन्द्र देखि काठमाण्डौ सम्म दुध पुग्ने अवस्था

सामान्य कृषक मध्यको एकजना कृषकले गाउँमा जस्ता , पराल वा छलीले छाएको छाप्रो बनाई आवश्यकता अनुसार क्यान , बाल्टी , फ्याट चेक गर्ने हाते मेसिन , लिटर वा दुध जोख्ने काटा , बेलुका संकलन गरेको दुध चिस्याउन पानीको खाल्टा वा सामान्य लगानीमा दुध चिसो गर्ने भ्याट , फ्याट चेक गर्न एसिट , अल्कोहल र दुध छान्ने कपडाको रुमाल राखेर दुध संकलन केन्द्र ( मेल ) खोलेका हुन्छन् । गाउँ देखि संकलकले काठमाण्डौ लैजाने क्रममा कतिपय अवस्थामा क्यानका भित्रि भागहरुमा पहेलो लेउ लागेको हुनसक्छ भने संकलन स्थलमा रहेका भाडाकुडाहरु प्रयाप्त मात्रामा सफा नभएका हुनसक्दछन । वर्षा याममा पानीका मुहानाहरुमा हिलो ,लेदो आदि ईत्यादी पसेका कारणले खाने पानीका मुहान अर्थत ट्यांकीहरुको पानि स्वत दुषित भएको हुन्छ र पहाडी भागमा माथि उल्लेखित पानि पुन केहि मात्रामा दुध संकलकले दुधमा थप्छन भने तराईमा संकलित दुधमा ट्युवेल तथा ईनारको पानि दुधमा राखिन्छ । त्यति मात्रै हैन दुध दुवानी गर्ने सवारी साधन घन्टौ बाटोमा जाममा पर्दिदा वा सवारी साधन बिग्रिदा हाल चर्चा चलेझै दुध फाट्न बाट जोगाउन खाने सोडाको प्रयोग संकलन केन्द्र वा बाटो बाटै राख्न सुरु गरिन्छ । हालको संरचना अनुसार त्यसको वाध्याता पनि देखिन्छ । कारण सानो लगानी हालेर दुध संकलन गरेका संकलक ( ठेकदार ) हरु दुध फाट्दा फ्याक्न सक्ने अवस्थाका हुदैनन्।

शहरमा संचालित डेरी व्यवसायको अवस्था

डेरी व्यवसायमा तीन खाले वर्ग हाबी भएको पाईन्छ । पहिलो वर्ग जो जिनतिन गुजारा चलाउदै विदेश पलाएन हौँ वा त्यहि लगानीले स्वदेशमै केहि काम गरौं भन्ने व्यक्ति । हुनत व्यरोजगारिले देश आक्रान्त भईरहेको समयमा काठमाण्डौ लगाएतका शहरहरुमा थोह्रै पुजी लगानी गरेर चौकै पिच्छे डेरी पसल खोल्नेहरुको संख्या अत्याधिक मात्रामा देखिन्छ । सानो लगानीमा घरका धेह्रै परिवारहरुले रोजगारी पाउने भएका कारण आजभोली न्यून वर्गीय युवाहरु दहि दुध पसल खोल्नमा आकर्षित भएका छन् । त्यसैले त्यस्ता साना व्यवसायीहरु चाहेर पनि अत्याधुनिक डेरी प्रोडक्सन सिस्टम वाट संचालन हुन् सक्दैनन् र सामान्य ज्ञानका आधारमा दुग्धजन्य सामाग्री तयार पारि ठुला डेरीको तुलनामा सस्तो रेटमा सामाग्री बिक्रि वितरण गर्दछन ।

अर्को दोस्रो वर्ग जो मध्यम वर्ग भित्र पर्दछ । त्यस्ता वर्ग भित्र परेका केहि व्यवसायीहरुले सामुहिक लगानीमा पुजी लगानी गरेर डेरी उद्योग संचालन गरेका छन् । ति उधोगहरुमा स्वरोजगार व्यवसायीहरुको सकृयता बढ्ता हुन्छ । उनीहरुले आफ्नै श्रम लगानी गरेर डेरी उधोग संचालन देखि बिक्रि काउन्टर सम्म संचालन गरेका छन् । प्राय साना ( डेक्ची ) डेरी वाट माथि उठ्दै सामुहिक लगानीमा डेरी संचालन गरेका व्यवसायिहरु तथा अर्को ठुलो वर्ग , एकल पुजी लगानी गरि पूर्ण रुपमा कामदारहरु राखेर कम्पनि वा डेरी उधोग संचालन गर्ने व्यवसायीहरु बीच बजार प्रतिश्प्रधामा जानुपर्ने वाध्यताका कारण बजारमा एकरुपता पाईदैन । कारण साना डेरी पसल संगको प्रतिश्प्रधा र राज्यको स्वामित्व बाट संचालित डेरी उद्योगलाई सरकारले दिने सुविधा वा राज्यको दोहोरो चरित्रका कारण पनि प्राईभेट डेरि ऊद्योगीहरु चाहेरपनि सोचेजस्तो लगानी गर्न सकिरहेका छैनन् । र आफ्नो लगानीको सुरक्षा भएको महसुश गर्न सकिरहेका छनन् ।

के छ त जनतालाई दुषित दुध र दुग्धजन्य पदार्थ ख्वाउन बाट जोगाउने तरिका ?

पहिलो समाधानको उपाय , नेपाल सरकारले कानूनी रुपमा कागजमा मात्रै लागु भएको नियम कानुनलाई समय सापेक्षिक परिमार्जन गर्न जरुरि देखिन्छ | जस्तै कोलिफम भन्ने बस्तु बिस्वमै जिरो गराउन सम्भव नभएकाले विकशित मुलुकहरुमा समेत त्यसको मात्रा निर्धारण गरिएको छ । जुन मुलुकहरुमा अत्याधुनिक तरिकाले गाई भैंसी फार्म संचालन गर्दै अत्याधुनिक प्रोषोधन केन्द्र संचालन गरि दुग्धजन्य पदार्थ तयार र बिक्रि वितरण गरिन्छ , त्यहा निश्चित मापदण्ड दिएर उद्योग संचालन गराईएको हुन्छ । नेपाल सरकारको नीति हेर्दा लाग्छ अनुगमन गर्ने निकायलाई गाई गोठ देखि परिचालन गरेर कृषकलाई सचेत पार्नुको सट्टा प्रशोधन गर्ने डेरी उधोग र बिक्रि गर्ने पसलहरुमा मात्रै अनुगमन गरेर आम सर्वसाधारणको नजरमा वा वा र हाई हाई हुन मात्रै खोज्दै छ ।

दोस्रो समाधानको उपाय , गाउँ गाउँ मा छरिएर गाई भैंसी पालिरहेका पशुपालक कृषकहरुलाई सामुहिक पशुपालन व्यवसायमा प्रोत्सान गर्दै एक टोल एक पशुपालन फर्म को नीति अपनाएर आवश्यक रकम र पूवाधार सरकाले व्यवस्था गर्दिनु पर्दछ । बिहान बेलुकाको छाक टार्न पशुपालन गर्दै गरेका वा केहि हदसम्म पशुपालन व्यवसायलाई आफ्नो प्रमुख आयश्रोत बनाउदै गरेका व्यवसायीहरुलाई दुध र दुग्धजन्य पदार्थको आवश्यकता र महत्वको बारेमा प्रशिक्षित पार्न जरुरि देखिन्छ ।त्यसैगरी गाउँ गाउमा संचालित दुध संकलन केंद्रहरुमै आधुनिक दुध चिस्यान केन्द्र संचालन गर्न सरकारले आर्थिक र नैतिक जिम्मेवारी लिनुपर्दछ ।

साथै राष्ट्रिय दुध दिवसको अवसरमा एकदिने दूध सँग सरोकार राख्ने बिभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले जनचेतनामुलक कार्यक्रम गरेर मात्रै पुग्दैन । त्यस्ता कार्यक्रमहरु अत्याधिक रुपमा संचालन गर्नु पर्दछ । नेपालमा अझै माग अनुसारको दूध उत्पादन हुन सकेको छैन । वर्षमा झण्डै १६ लाख लिटर दूध उत्पादन हुने गरेको सरकारी तथ्याङ्क छ । पशु उत्पादन निर्देशनालयका अनुसार वर्षा र सुख्खायाममा १० लाख लिटर दूधको माग रहेकोमा वर्षायाममा ८ लाख २५ हजार तथा सुख्खा याममा ७ लाख लिटर दूध उत्पादन हुने गरेको छ । कूल दूध उत्पादनमध्ये ७० प्रतिशत भैंसीको र ३० प्रतिशत गाईको दुध मात्रै उत्पादन भएको तथ्य छ । दूध उत्पादन बढाउन र जाडोमा संकलित दुधलाई पाउडर ( धुलो ) दुध बनाएर राख्न उत्कृष्ट पाउडर दुध निर्माण कम्पनिहरु थप्न जरुरि भैसकेको छ | हो अहिले बजारमा आएका पाउडर दूधका पाकेटहरु सबै स्तरीय नहोलान तर सवै पाउडर दुध अखाध्य पनि त् नहोलान् | यसबारे जनतालाई सचेत पार्न जरुरि देखिन्छ । पाउडर दुध फिटेर दहि वा दुध बनाउदा हचुवाको भरमा प्रचारवाजी गर्ने चलनको अन्त्य गर्न सक्नुपर्दछ। यदि पाउडर दुध अखाध्य हो भने करोडौं रुपिया बिदेश पठाउदै लाखौ रुपिया राजश्व असुलेर सरकार आफै किन भारत लगाएतका मुलुकहरु बाट धुलो दुध भित्र्याउन दिन्छ ?

त्यसैले दुध र दुग्धजन्य पदार्ध खरिद गरेर खाने तपाई हामि सबैले वास्तविकता के हो ? नबुझि अखाध्य पदार्थ खानु उचित हुदैन तर राज्यको दोहोरो चरित्रको भने सबैले पर्दाफास गर्न जरुरि देखिन्छ । गाई गोठ देखि जनताको ओठ सम्म सुद्दता भन्ने पबित्र नारा , नारामा मात्रै सिमित पार्दै अनुगमनको नाममा टुप्पा बाट हैन जरा देखि नै सुधार गर्न आवाश्यक देखिन्छ । हो केहि डेरी उद्योगले जानाजान बदमासी गरेका भए त्यस्ता उद्योग वा व्यवसायीलाई राज्यले छुट दिनुहुदैन । तर वास्तविकता पन्छाएर मुहान सफा नगरी गाग्रा भित्रको पानि सफा खोज्नु हास्यास्पद सिवाय केहि हुने सक्दैनन् । यसो भनिरहदा सबै दोष र जिम्मा जति राज्यलाई लगाएर सचेत नागरिकले उम्किन मिल्दैन , त्यसैले सम्बन्धित सबैमा चेतना भया ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी - नेपालका प्राचीन संस्कृतिअनुरुप साउन १ गते साँझ घर घरमा लुतो फाल्ने प्रचलन छ । लुतो फाल्ने संस्कृतिले जेनतेन निरन्तरता…

तितोपाटी - सरकारले जेष्ठ पत्रकारहरुको जीवन निर्वाह भत्ताका लागि अक्षयकोष स्थापना गरेको छ । साथै सरकारले प्रेस काउन्सिललाई खारेज गर्ने…

तितोपाटी - नेपाली दलालले अमेरिका लैजान्छु भनी बिगत २२ महिनादेखि नाइजेरियामा बन्धक जस्तै बनाएर राखेका बाग्लुङका बिबिन्द्र श्रेष्ठ र जगन थापा…

प्रतिकृयाहरू