Thursday 19th March 2026
पत्रपत्रिका बाट
Image

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्। फागुन १९ मा अस्पताल भर्ना भएका उनको २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री ओली शुक्रबार साँझ त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका हुन्।

Image

काठमाडौं -सरकारले वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस (कोभिड–२०१९) लाई महामारीको घोषणा गरेपछि बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले विदेशीहरुलाई दिइँदै आएको अनअराइभल भिसा १४ मार्चदेखि ३० अप्रिल २०२० सम्मका लागि स्थगित गरेको छ।…

Image

तितोपाटी- दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– २ सोल्मा डाँडागाउँकी पुनम राई सोमबार दिउँसो आफ्नो तरकारीबारीमा थिइन्। बारीमा फुलकोभीको अवस्था नियाल्दै गरेकी उनले भनिन्, ‘तीन वर्षको छोरा सुतेको मौका छोपी बारीमा आएकी हुँ। पुनम र उनका श्रीमान् (रामकुमार राई) सोल्मामा कहलिएका किसान हुन्। उनीहरूले करिब १२ रोपनी जग्गामा तरकारीखेती लगाउने गरेका छन्।…

Image

तितोपाटी- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै महामारी घोषणा गरेको छ। बुधबार डब्लुएचओले विश्व महामारी घोषणा गरेको हो। डब्लुएचओ प्रमुख डा टेडरोस अधानोम घेब्रेयससले विगत २ सातायता चीनबाहिर कोरोनाको संक्रमण १३ गुणा बढेको भन्दै महामारी घोषणा गर्ने निष्कर्षम पुगिएको बताएका छन्। कोरोनाको संक्रमण न्यूनीकरणका लागि उनले…

Image

काठमाडौं -विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण फैलन नदिन सवै राजनीतिक दलहरु एकजुट भएका छन् । बुधबार सिंहदरवारमा भएको सर्वदलीय बैठकले सम्पुर्ण राष्ट्रिय शक्ति लगाएर कोरोना संक्रमण रोकथाममा लाग्नुपर्ने सहभागीहरुले जोड दिएका हुन् । ‘कोरोना संक्रमण रोकथामका लागि कसरी अघि बढ्ने र के–के विधि प्रक्रिया अपनाउने भन्नेमा छलफल भयो’, संघीय समाजवादीका…

Image

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी नफुटाउने र पार्टीलाई फुट्न नदिने कसम खाएका छन्। बुधबार राष्ट्रियसभा गृहमा राप्रपा र राप्रपा संयुक्तको एकता घोषणा सभामा अध्यक्ष थापाले गीता हातमा राखेर पार्टी फुट्न नदिने कसम खाएका हुन्। 'कहिले पनि पार्टी फुटाउने छैन। तपाईहरुलाई विश्वास लाग्ने यो गीता हातमा राखेर कसम…

Image

काठमाडौं - प्रधानमन्त्री केपी ओलीलाई मिर्गौला दान गरेकी समीक्षा संग्रौला डिस्चार्ज भएकी छन्। फागुन १९ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी समीक्षा बुधबार (२८ गते) डिस्चार्ज भएकी हुन् । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाका अनुसार सर्जनले सहमति दिए प्रधानमन्त्रीको समेत डिस्चार्ज आजै हुनेछ।‘प्रधानमन्त्रीकी मिर्गौला दाता उहाँकी भान्जी…

Image

तिताेपाटी - पूर्वमन्त्री गोकुल बास्कोटाको भक्तपुर स्थित घरमा बम बिस्फोटका योजनाकार देव बहादुर गुुरुङ पक्राउ परेका छन । पक्राउ परेका गुरुङ विप्लब नेतृत्वको नेकपा भक्तपुरका जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानका अनुसार गुरुङ बम विस्फोट भएको स्थान नजिकै भक्तपुरको मनोहराबाट पक्राउ…

Image

तितोपाटी- विश्वमा कोभिड- १९ (कोरोना भाइरस)को संक्रमण बढ्दै गएपछि सतर्कता अपनाउन कतारले नेपालीहरुलाई प्रवेश रोक लगाएसँगै ४० हजार नेपाली कामदारको भिसा स्थिगित भएको छ। नेपाली कामदारहरुको प्रमुख गन्तव्य मुलुक कतारले आइतबार १४ देशका आप्रवासीसहित नेपालीहरुलाई प्रवेश रोक लगाएसँगै ४० हजार नेपाली कामदारको भिसा स्थगित भएको छ। ‘करिब ४० हजार श्रमिकको…

Image

तितोपाटी-नेपाल प्रवेश गर्ने विदेशी नागरिकले कोरोना भाइरसबाट संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र अनिवार्य बुझाउनुपर्ने भएको छ। चीन, दक्षिण कोरिया, इटाली, इरान र जापानबाट आउने विदेशीले आफू संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र हवाई कार्यालय र अध्यागमन नाकामा बुझाउनुपर्नेछ। यी मुलुकलाई ‘ट्रान्जिट’ बनाई नेपाल प्रवेश गर्न खोज्ने विदेशीका हकमा पनि यो नियम लागू हुनेछ।…