Saturday 10th October 2026

कमल थापा भन्छन-गीता हातमा राखेर कसम खान्छु पार्टी फुट्न दिन्न


काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी नफुटाउने र पार्टीलाई फुट्न नदिने कसम खाएका छन्। बुधबार राष्ट्रियसभा गृहमा राप्रपा र राप्रपा संयुक्तको एकता घोषणा सभामा अध्यक्ष थापाले गीता हातमा राखेर पार्टी फुट्न नदिने कसम खाएका हुन्।

‘कहिले पनि पार्टी फुटाउने छैन। तपाईहरुलाई विश्वास लाग्ने यो गीता हातमा राखेर कसम खान्छु राप्रपालाई कदापी फुट्न दिने छैन’, गीता हातमा राख्दै थापाले भने। अध्यक्ष थापाले पार्टी एकताबाट आफू सन्तुष्ट र खुसी रहेको उल्लेख गर्दै फेरी कहिले नफुट्ने र नअलग्गीने संकल्प लिएर एक भएको बताए।

विगतमा पार्टी विभाजनपछि भोग्नुपरेका पीडाहरु शब्दमा बयान गर्न नसकिने थापाले बताए। उनले विगतमा पार्टी कसले र किन फुटायो भनेर आरोप प्रत्यारोप गर्नुभन्दा नयाँ संकल्प र नयाँ उत्साहका साथ अगाडी बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए। अध्यक्ष थापाले पार्टी फुट्छ की भन्ने विगतको द्वुविधा र आशंकालाई हटाउनुपर्ने बताए। उनले पार्टी फुट्ने अनावश्यक र नकारात्मक सोचबाट मुक्त हुन पनि आग्रह गरेका छन्।

अध्यक्ष थापाले पार्टी एकतापछि आफ्नो बोझ केही कम भएको समेत बताएका छन्। उनाले एकता विदेशी वा स्वदेशी शक्तिको प्रभाव र दबावमा नभएको बताए। पार्टी कार्यकर्ता र शुभचिन्तकहरुको दबाव र प्रेरणाले पार्टी एकता भएको उनले बताए।

पार्टी एकतापछि देशले बलियो राष्ट्रवादी प्रजातन्त्रीक शक्ति र विकल्प प्राप्त गरेको उनले बताए। देश कठिन अवस्थाबाट जुधिरहेको अवस्थामा जनताले विकल्प खोजेको र विकल्प निर्माण गर्ने क्रममा पार्टी एक भएको उनले बताए। थापाले पार्टी एकतासँगै राजनीतिमा तेस्रो राजनीतिक र वैचारिक धारको उदय भएको बताए। अध्यक्ष थापाले कांग्रेस र कम्युनिष्टले बोकेको बिचार र मार्गचित्र त्रृटिपूर्ण रहेको बताएका छन्।

नेपाली समाजमा यी दुई पार्टीको बिचारले विभाजनको रेखा कोरेको आरोप उनले लगाए। अध्यक्ष थापाले भ्रष्टाचारका कारण देशको अवस्था कहालीलाग्दो रहेको बताए। उनले ब्रह्मलुटमा कांग्रेसको भूमिका रहेको पनि बताए। देशमा रहेको संकटको सामना गर्न राप्रपा तयार रहेको र विश्वास गर्न उनले आग्रह गरे। उनले भ्रष्टाचारमा मुछिएकाहरुलाई कानूनको कटघरामा उभ्याउने समेत बताएका छन्।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको…

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

प्रतिकृयाहरू
...