Wednesday 22nd July 2026

कतारले प्रवेश रोक लगाएसँगै ४० हजार नेपाली कामदारको भिसा स्थगित


तितोपाटी- विश्वमा कोभिड- १९ (कोरोना भाइरस)को संक्रमण बढ्दै गएपछि सतर्कता अपनाउन कतारले नेपालीहरुलाई प्रवेश रोक लगाएसँगै ४० हजार नेपाली कामदारको भिसा स्थिगित भएको छ। नेपाली कामदारहरुको प्रमुख गन्तव्य मुलुक कतारले आइतबार १४ देशका आप्रवासीसहित नेपालीहरुलाई प्रवेश रोक लगाएसँगै ४० हजार नेपाली कामदारको भिसा स्थगित भएको छ।

‘करिब ४० हजार श्रमिकको भिसा आइसकेको थियो। कोरोना प्रभावका कारण सो भिसा कतारले अर्को निर्णय गरेर प्रतिबन्ध फुकुवा नगरेसम्मका लागि स्थगित हुन्छ’ वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले बताए ‘कोरोनाको संक्रमण बढ्दै गएकाले कतारले भिसा कहिलेसम्मका लागि स्थगित गर्ने हो भनेर भन्न सकिने अवस्था छैन।’
भाइरसको संक्रमण यसरी नै बढ्दै जाने हो भने महिनौँ पनि भिसा स्थगित गर्नुपर्ने अवस्था आउने म्यानपावर व्यवसायीहरु बताउँछन्। कतारको भिसा लागेको ३ महिनासम्म कतार नगएमा कालो सूचीमा राख्ने कतार सरकारको नियम छ। भिसा कालो सूचीमा परेको व्यक्तिले २ वर्षसम्म कतार जान पाइँदैन। तर, यो जटिल परिस्थितिमा भिसा कालो सूचीमा राख्ने व्यवस्थालाई कार्यान्वयन नगर्न आफूहरुले कतारसँग आग्रह गरेको संघका महासचिव श्रेष्ठले बताए।

महासचिव श्रेष्ठ भन्छन्, ‘कोरोना भाइरस संक्रमणको जटिल परिस्थितिमा हामीले भिसा कालो सूचीमा नराख्न अनुरोध गरेका छौँ। कतारले प्रतिबन्ध फुकुवा गरेपछि हाल स्थगित भएको भिसामा पुनः नेपाली श्रमिकहरु कतार जान पाउनु हुन्छ।’
कतारको द गभरमेन्ट कम्युनिकेसन अफिस (जीसिओ)का अनुसार आइतबारदेखि कतारले नेपालसँगै चीन, भारत, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया, इजिप्ट, इरान, इराक, लेवनान र थाइल्यान्डका नागरिकलाई अल्पकालीन रुपमा कतार प्रवेशमा रोक लगाएको छ। नेपाली कामदारहरुका लागि कतार मलेसियापछिको दोस्रो आकर्षक गन्तव्य मुलुक हो। कतारमा रोजगारिको खोजिमा वार्षिक डेड लाखभन्दा बढी युवाहरु पुग्ने गरेका छन्। हाल कतारमा ४ लाखभन्दा बढी नेपाली श्रमिकहरु कार्यरत रहेको अनुमान छ। -साभार नेपाल लाईभ


सम्बन्धित शीर्षकहरु

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १२ वर्षभन्दा बढी समयदेखि सत्तामा छन्। यस अवधिमा विपक्षी दलहरूले पटक–पटक विभिन्न मुद्दामा सरकारसँग छलफल र…

भारतीय राजनीतिज्ञ, लेखक तथा कूटनीतिज्ञ शशि थरूरद्वारा लिखित Why I Am a Hindu समकालीन भारतमा हिन्दू धर्म, हिन्दुत्व र धर्मनिरपेक्षताको…

इरान–अमेरिका वार्तामा मध्यस्थको भूमिका निर्वाह गरेपछि पाकिस्तानले अमेरिकासँग १० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता सुविधा (Exchange Stabilisation Support Facility)…

प्रतिकृयाहरू
...