Tuesday 29th September 2026

सर्वदलीय बैठक- कोरोना संक्रमण देशबाट आवतजावत रोक्न सबै दल एकमत


काठमाडौं -विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण फैलन नदिन सवै राजनीतिक दलहरु एकजुट भएका छन् । बुधबार सिंहदरवारमा भएको सर्वदलीय बैठकले सम्पुर्ण राष्ट्रिय शक्ति लगाएर कोरोना संक्रमण रोकथाममा लाग्नुपर्ने सहभागीहरुले जोड दिएका हुन् ।

‘कोरोना संक्रमण रोकथामका लागि कसरी अघि बढ्ने र के–के विधि प्रक्रिया अपनाउने भन्नेमा छलफल भयो’, संघीय समाजवादीका नेता राजेन्द्र श्रेष्ठले छलफलपछि जानकारी दिए । बैठकमा नेपालमा अहिलेसम्म एकजनामा कोरोना संक्रमण देखिएको र उसको उपचार समेत भैसकेकाले यसमा नेपाल यसकोरोकथामका लागि सक्षम छ भन्ने विश्वलाई सन्देश दिन सफल भएको भन्दै आगामी दिनमा पनि उच्च सतर्कता अपनाउनुपर्ने निर्णय गरेको छ ।

‘कोरोना संक्रमण भएका देशबाट आवतजावतमा प्रवेशमा रोक लगाउने, कोही आइहाले तिनको व्यवस्थापन कसरी गर्ने ? यसबारे सचेतना कसरी अपनाउनेर त्यति गर्दागर्दै पनि कोरोना संक्रमण देखिए उनीहरुलाई राख्ने क्वारेन्टाइनको कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भयो’, श्रेष्ठको भनाई छ ।

बैठकमा सहभागी प्रतिनिधिहरुले सरकारले कोरोना संक्रमण रोकथामका लागि गरेकाप्रयास पर्याप्त नभएको भन्दै त्यसतर्फ ध्यान दिन सत्तारुढ दल बाहेकले सरकारको ध्यानाकर्षण गराएका थिए । उनीहरुले सबै मन्त्रालयलको समन्वयमा इन्टिग्रेटेड ढंगले अगाडि बढ्ने सरकारको प्रयासलाई सकारात्मक लिँदै अझ पर्याप्त पूर्वाधारको विकासमा जोड दिन सुझाव दिएका थिए ।

कोरोना रोकथाम उच्चस्तरीय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बोलाएको बैठकमा सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल सहभागी थिए । त्यस्तै मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी राजपाका तर्फबाट राजेन्द्र महतो, महन्थ ठाकुर, महेन्द्र राय यादव तथा संघीय समाजवादी राजेन्द्र श्रेष्ठ रहेका थिए । काँग्रेसका तर्फबाट नेता बालकृष्ण खाण र गगन थापा सहभागी बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम र नियन्त्रणबारे कार्ययोजना पेश गरेका थिए ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...