Tuesday 23rd June 2026

अध्यागमनमा कडाइः कोरोना नभएको स्वास्थ्य प्रमाणपत्र बुझाउनुपर्ने


तितोपाटी-नेपाल प्रवेश गर्ने विदेशी नागरिकले कोरोना भाइरसबाट संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र अनिवार्य बुझाउनुपर्ने भएको छ। चीन, दक्षिण कोरिया, इटाली, इरान र जापानबाट आउने विदेशीले आफू संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र हवाई कार्यालय र अध्यागमन नाकामा बुझाउनुपर्नेछ।

यी मुलुकलाई ‘ट्रान्जिट’ बनाई नेपाल प्रवेश गर्न खोज्ने विदेशीका हकमा पनि यो नियम लागू हुनेछ। रिपोर्टमा कोरोनाबाट प्रभावित नभएको व्यहोरा उल्लेख हुनुपर्नेछ। हवाई तथा स्थल मार्गबाट नेपाल प्रवेश गर्नेले अध्यागमन नाकामा कोरोना भाइरसबाट संक्रमित नभएको व्यहोराको स्वास्थ्य प्रमाणपत्र अनिवार्य बुझाउनुपर्नेछ। यो नियम मंगलबारदेखि लागू हुनेछ।
गृह मन्त्रालयले नेपालस्थित विदेशी कूटनीतिक नियोगलाई पत्राचार गरी यसबारे जानकारी गराएको छ। अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले कोरोनाबाट संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र नबुझाउने विदेशीलाई नेपाल प्रवेशमा रोक लगाइने बताए।
‘कोरोना भाइरस नभएको हेल्थ सर्टिफिकेट नबुझाउने विदेशीलाई फिर्ता ९इन्ट्री रिफ्युज० गर्छौं’, महानिर्देशक पौडेलले भने, ‘त्यस्ता विदेशीलाई नेपाल प्रवेश गर्न दिन्नौं ।’

गृहले चीन, दक्षिण कोरिया, इटाली, इरान र जापानीलाई तत्कालका लागि स्थल मार्गबाट नेपाल प्रवेशमा रोक लगाउने तयारी गरेको छ। ती मुलुकका नागरिकलाई हवाई मार्गबाट मात्र प्रवेश गर्न अनुमति दिइने भएको छ।
नेपालमा संक्रमण नफैलियोस् भनेर गृहले ती मुलुकका नागरिकलाई स्थल मार्गबाट नेपाल प्रवेशमा रोक लगाउन लागेको हो। गृहले यो विषयमा फागुन २२ गते कन्सुलर सेवा विभागमार्फत विदेशस्थित सबै नेपाली नियोगमा पत्राचार गरेको छ।
अध्यागमनले कन्सुलर सेवालाई पठाएको पत्रमा भनिएको छ, ‘अनअराइभल भिसा दिन रोक लगाइएका मुलुकका राहदानीवाहक र ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने अन्य मुलुकका राहदानीवाहकले पनि आफूलाई कोरोना संक्रमण नभएको हेल्थ सर्टिफिकेट अध्यागमन कार्यालयमा अनिवार्य बुझाउनुपर्नेछ।’
सुरुमा चीनमा देखापरेको कोरोना भाइरस विश्वभर फैलिन थालेपछि गृहले चीन, इरान, इटाली, दक्षिण कोरिया र जापानलाई दिँदै आएको अनअराइभल भिसा बन्द गरेको छ।
यो निर्णय पनि गृहले मंगलबारदेखि कार्यान्वयन गर्दै छ। दक्षिण कोरिया, जापानलगायतले पनि आफ्नो मुलुकलाई ट्रान्जिट बनाई अन्य मुलुक जाने विदेशीको स्वास्थ्य परीक्षण गर्दै आएका छन्।-अन्नपूर्णपोष्ट बाट


सम्बन्धित शीर्षकहरु

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रतिकृयाहरू
...