Friday 19th June 2026

श्रम स्वीकृति रोकियो, नेपाल प्रवेश गर्दा १४ दिन क्वारेन्टाइनमा


काठमाडौं -सरकारले वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस (कोभिड–२०१९) लाई महामारीको घोषणा गरेपछि बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले विदेशीहरुलाई दिइँदै आएको अनअराइभल भिसा १४ मार्चदेखि ३० अप्रिल २०२० सम्मका लागि स्थगित गरेको छ। यसअघि भिसा लिइसकेका र अत्यावश्यक काम परेर नेपाल आउने विदेशीले नेपालमा आइपुग्ने मितिभन्दा बढीमा सात दिनभित्रको स्वास्थ्य जाँच प्रमाणपत्र अध्यागमन कार्यालयमा अनिवार्य बुझाउनु पर्ने छ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले १४ मार्चदेखि नेपाल प्रवेश गर्ने नेपाली, गैरआवासीय नेपाली र विदेशीले १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको छ। सरकारले कुटनैतिक र अफिसियल भिषा प्राप्त विदेशीहरु पहिलो पटक नेपाल प्रवेश गर्दा वा बाहिर यात्रा गरी नेपाल फर्किदाको अवस्थामा १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था लागु गर्ने भएको छ।

बैठकले अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिलसम्म नो अब्जेक्सन सर्टिफिकेट नदिने निर्णय गरेको छ। नेपालमा पर्वतारोहण गर्ने गरी सन् २०२० को बसन्त ऋतका लागि जारी गरिएका वा जारी गरिने अनुमति पत्र हाललाई स्थगित गर्ने निर्णय भएको छ।

तेस्रो मुलुकका नागरिकहरुलाई स्थल मार्ग हुँदै नेपाल प्रवेश गर्न दिइदै आएको सुविधा १४ मार्च २०२० राति १२ बजेदेखि लागु हुने गरी ३० अप्रिल २०२० सम्मका लागि स्थगन हुने भएको छ।

सरकारले भारततर्फ आवत जावतका लागि नाका सिमित गर्ने र चेकजाँच कडा बनाउने भएको छ। नेपाल भारत बीचको यात्रु आवागमनलाई व्यवस्थित गर्न परराष्ट्र मन्त्रालयले अर्थ, उद्योग बाणिज्य तथा आपूर्ति र गृह मन्त्रालयसँगको सहकार्यमा भारतीय पक्षसँग समन्वय गरी निश्चित बिन्दुहरुबाट मात्र यात्रु आवागमन गर्ने व्यवस्था मिलाइने भएको छ। सरकारले विदेशमा रहेका नेपालीहरुलाई अत्यावश्यक बाहेक यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

यस्ता छन्उच्चस्तरीय समन्वय समितिको बैठकका १९ निर्णय

-अन्नपूर्णपोष्टबाट 


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...