Wednesday 24th June 2026
पत्रपत्रिका बाट
Image

प्रधानमन्त्री ओलीले भाग पुर्‍याउन ऊर्जा, जलस्रोत तथा सिँचाइ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाउने तयारी गरेका छन् । रेल मन्त्रालय थप्ने अथवा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय फुटाउने तयारी पनि अघि बढेको छ । प्रधानमन्त्री केपी ओलीले भाग पुर्‍याउन मन्त्रालय फुटाउने तयारी गरेका छन् । विज्ञले भने मन्त्रालयको संख्या बढीमा…

Image

लेखक सञ्जीव उप्रेतीले एउटै मञ्चमा मोदनाथ प्रश्रितसँग 'पद्मश्री साहित्य पुरस्कार' ग्रहण गर्न नसक्ने बताएका छन्। उनले पद्मश्री पुरस्कार मोदनाथसँग एउटै मञ्चमा नलिने भने पनि पुरस्कारै लिने-नलिनेबारे भने औपचारिक निर्णय लिन बाँकी रहेको बताए। आइतबार खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार आख्यानकार सञ्जीव उप्रेतीको उपन्यास 'हंस' र…

Image

असारयता करिब एक हजारजना पक्राउ, महामारीमा अन्यत्र लुक्न समस्या भएपछि घर फर्केका अभियुक्तहरू समातिँदै पछिल्लोपटक जिल्ला प्रहरी कार्यालय, कास्कीबाट फरार अभियुक्त पक्राउ अभियान सुरु भएको हो । १७ भदौमा कास्की प्रहरीले एकैदिन २८ जना फरार व्यक्ति पक्राउ गरी अदालतमा पेस गरेको थियो ।फरार अभियुक्त पक्राउ अभियानका मुख्य तीन कारण छन् । पहिलो– हालै…

Image

अनुशासन उल्लंघन गरेको कसुरमा अफ्रिकाको कंगोमा खटिएको नेपाली सेनाका अधिकृत र जवानमाथि छानविन सुरू गरिएको छ। शान्ति स्थापनार्थ खटिएको गणमा सैनिक आचरण र मर्यादाविपरीत कार्य भएको घटनामा सेनाले ‘कोर्ट अफ इन्क्वायरी’ सुरू गरेको हो।घटना छानविनको लागि ज्येष्ठ सेनानीको (मेजर) नेतृत्वमा छानविन थालिएको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ।शान्ति स्थापना कार्यमा…

Image

तितोपाटी-नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै जना पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारको नियमित पत्रकार सम्मेलनमा जानकारी गराएका छन । यो संगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६७ पुगेको छ । मृत्यु हुनेमा…

Image

तितोपाटी- रम्भा गाउँपालिका- २ बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ । गए राति थप दुई जनाको शव भेटिएको हो । शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिए । घरमूली ६० वर्षीय हुमबहादुर गाहा र उहाँकी…

Image

रासस-कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार बिहिवारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त सङ्ख्यामा  नागरिक  मुलुक फर्केका हुन् । मुलुक फर्कनेमा सवैभन्दा बढी संयुक्त अरव इमिरेट्सबाट २२ हजार २१४ छन् भने सबभन्दा कम…

Image

रविन्द्र शाही -हिमालय एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'सेल्फ ग्राउन्ड ह्यान्डलिङ' अनुमति पाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले असोज ४ गते हिमालयलाई आफ्ना जहाज आफैं भूमिस्थ प्रबन्ध गर्ने अनुमति दिएको हो।प्राधिकरणले भूमिस्थ सेवा सञ्चालन निर्देशिका-२०७२ अनुसार विमानस्थलमा अन्तर्राष्ट्रिय वायुयानको 'सेल्फ ग्राउन्ड ह्यान्डलिङ' प्रमाणपत्र दिइएको उल्लेख छ। हिमालयले अनुमति पाएपछि जहाजको व्यवस्थापन…

Image

सरकारले एसिड आक्रमणका दोषीलाई कारबाही गर्न र पीडितको सम्पूर्ण उपचार, शिक्षा र जीविकाको प्रबन्ध गर्ने गरी  कानुनी व्यवस्था गर्न अध्यादेश ल्याएको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सोसम्बन्धी मस्यौदालाई पारित गर्दै स्वीकृतिका लागि राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको छ। कानुन मन्त्रालयले सम्बन्धित सरोकारवालाहरूसँगको परामर्शका आधारमा कानुनको मस्यौदा तयार पारेर मन्त्रिपरिषद्को बैठकमा लगेको थियो। गत…

Image

तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टाभित्र कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । जसमध्ये ५ जना महिला र १२ जना पुरुषको संक्रमणका कारण मृत्यु भएको छ ।  यो संगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी…