Monday 28th September 2026

पछिल्लो २४ घण्टामा १९४६ जनामा कोरोना पुष्टि, १३ संक्रमितको मृत्यु


तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरि ८ हजार ७ सय ५३ जनाको स्वाब परीक्षण गर्दा सो संख्यामा सङ्क्रमित फेला परेका हुन्।
यो वृद्धिसँगै नेपालमा कोरोना पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख आठ हजार नाघेको छ ।
हाm पुष्टि भएका ३६ हजार ४ सय ५२ जना सक्रिय सङ्क्रमित छन् ।
सरकारी तथ्याङ्कअनुसार शनिबारसम्म नेपालमा १ हजार २ सय १५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

२४ घण्टाको अवधिमा थप २ हजार ५ सय ३ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ७० हजार ६ सय ३२ जना निको भएको सरकारी तथ्याङ्क छ। सङ्क्रमितहरू निको हुने दर ८१.९ प्रतिशत रहेको छ ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले ‘अपरेसन भिभाल्दी’ अन्तर्गत ठूलो ड्रोन प्रयोग गरेर विस्फोटक बोकेको ह्राइफोन (Hryphon) नामक भूमिगत रोबोट रूसी नियन्त्रण क्षेत्रभित्र १० किलोमिटरभन्दा…

भारतको उत्तर प्रदेशमा लगातारको भारी वर्षाका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ। पछिल्लो तीन दिनमा आएको वर्षा र आँधीका…

दक्षिण–पश्चिम यमनको ताइज क्षेत्रमा भएको साउदी हवाई आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। इरान…

प्रतिकृयाहरू
...