Friday 31st July 2026
नेपालको समाचार
Image

संसद घेराउ गर्न गएका मिटरव्याजी पीडितहरू पक्राउ परेका छन्। निषेधित क्षेत्र तोडेर संसद घेराउ गर्न नयाँ बानेश्वर पुगेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले १० जनाभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको हो। हालै संसदबाट पास भएको मिटरब्याजसम्बन्धी विधेयक आफ्नो पक्षमा नभएको भन्दै पीडितहरू काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका छन्। उनीहरूले पीडितलाई न्याय…

Image

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार साँझ राजस्व अनुसन्धान विभागले गरेको अपरेशनमा ८० किलोभन्दा माथिको सुन बरामद भएको छ। विशेष सूचनाका आधारमा विमानस्थलबाट पास भएर बाहिर ल्याइसकिएको सुन बरामद भएको राजस्व अनुसन्धान विभागले जानकारी दिएको छ। अध्यागमन र प्रहरीबाट समेत सुन पास गरेर अघि बढिसकेको अवस्थामा विभागले सुन नियन्त्रणमा लिएको हो। राजश्व…

Image

तीतोपाटी डटकम-'एक पटकको नेपाली सधैको नेपाली ' भन्ने नाराको साथ स्थापना भएको गैर आवासीय नेपाली संघ (एनआरएनए)को अहिले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदमा धमाधम निर्वाचन भइरहेको छ। एसिया क्षेत्र , मध्यपुर्व , युरोपका कतिपय देशहरुमा निर्वाचन परिणाम आइसकेको छ भने ओसियाना , अमेरिकी क्षेत्रका देशहरूमा भने निर्वाचनको अन्तिम…

Image

आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ । आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख थियो । उक्त व्यवस्था कार्यान्वयनका लागि विभागले कार्यविधि जारी गरेको हो । वैदेशिक…

Image

सप्तरीको कञ्चनरुप नगरपालिकामा एक जना १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको छ । चार जनाको समूहले ती किशोरीलाई घरबाट जबर्जस्ती उठाएर घरनजिकैको एउटा पुरानो घरमा लगी बलात्कार गरेको पीडितले बताएकी छिन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । पीडितको जाहेरीपछि आरोपी दिपेश सुवेदी, सुदीप भुजेल,…

Image

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै मूल्य घटेपछि सार्वजनिक यातायातको भाडा पनि घटेको छ । स्वचालित प्रणालीले डिजल र पेट्रोलको मूल्य घटाएलगतै यातायात व्यवस्था विभागले पनि भाडा समायोजन गरेको छ । स्वचालित प्रणालीअनुसार डिजलमा प्रतिलिटर ४ र पेट्रोल ६ रुपैयाँ घटेको थियो । त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले…

Image

नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले राती १२ बजेदेखि लागू हुने गरेर डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटाउको छ । निगमले स्वचालित मूल्य प्रणाली कार्यविधि, २०७९ लागू गर्दै आजदेखि लागू हुने गरी पेट्रोलियम…

Image

प्रतिनिधिसभाबाट मिटरब्याज सम्बन्धी विधेयक आइतबार नै पारित गर्ने प्रकृयामा गएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था समितिको आइतबारको बैठकमा मिटरब्याजसँग सम्बन्धी विधेयक पारित गर्ने विषयमा राजनीतिक दलका नेताहरूबीच सहमति भएपछि प्रकृया अघि बढेको हो । मिटरब्याजसम्बन्धि कानुनी व्यवस्था गर्नका लागि सरकारले अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि ल्याइएको विधेयक…

Image

रकम फिर्ता माग गर्दै सहकारी पीडित बचतकर्ता महासङ्घ सङ्घर्ष समिति नेपालले आज माइतीघर देखि बानेश्वरसम्म विशाल प्रदर्शन गरेको छ भने आन्दोलनरत सहकारी पीडितहरूलाइ प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहानदेखि नै प्रदर्शन गरिरहेका उनीहरूमध्ये पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । आफूहरूले बचत गरेको रकमको व्याज, बोनस मात्र नभएर मूलधन…

Image

वैदेशिक रोजगारीमा जान लागेका श्रमिकहरूलाई रोकेको भन्दै मेनपावर व्यवसायीले अध्यागमन विभाग घेराउ गरेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा व्यवसायीहरूले विभाग घेराउ गर्दै प्रदशन गरेका हुन् । उनीहरूले अध्यागमन विभागका महानिर्देशकको राजीनामा समेत माग गरेका छन् । २–३ सयको हाराहारीमा रहेका व्यवसायीहरूले विभाग कार्यालयमा विरोध प्रदशन गर्नुका नाराबाजी गरेका…