Monday 30th June 2025

चीनका उपविदेशमन्त्री आज नेपाल आउँदै


जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ आजदेखि नेपालको तीन दिने औपचारिक भ्रमणमा आउँदै छन्।

भ्रमणका क्रममा उनी यही असार ११ गते काठमाडौंमा हुने नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन् भने प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरु सम्मिलित हुनेछन्।

भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल गरिने मन्त्रालयले जनाएको छ।

त्यसक्रममा चिनियाँ उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्तासमेत गर्ने कार्यक्रम छ। उपविदेशमन्त्री सुन असार १२ गते फिर्ता हुने जनाइएको छ।


सम्बन्धित शीर्षकहरु

पुर्वरास्ट्रपति बिद्या भण्डारी पुन नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने भएपछि रास्ट्र प्रमुखको हैसियतले पाउने सेवा सुबिधा फिर्ता गर्ने हुनुभएको छ।…

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार भने कि १२ दिने युद्धमा इरानमाथिको उनको देशको "विजय" ले गाजामा बन्धकहरूलाई मुक्त गर्ने लगायत…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार भनेका छन् कि उनी "उत्तर कोरियासँगको द्वन्द्व समाधान गर्नेछन्।" विश्वव्यापी द्वन्द्व समाधान गर्ने आफ्नो प्रयासलाई…

प्रतिकृयाहरू
...