हालसम्म स्थायी भएका सबै शिक्षकहरुले पेन्सन सुविधा पाउने भएका छन् । हाल २०७५ सालपछि स्थायी भएका शिक्षकहरु पेन्सन पाउनबाट वञ्चित हुँदै आएका छन् । संसदमा दर्ता भएको विधेयकमा उनीहरुलाई योगदानमा आधारित पेन्सन योजनामा समावेश गराउने भन्ने उल्लेख छ । उक्त विषयमा असहमति जनाउँदै पेन्सन वञ्चित केन्द्रीय समितिले आन्दोलन गर्दै आएको…
आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । चाडपर्व,…
सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लिलामणि पोखरेललाई मुद्दा नचलाउनुको कारण माग गरेको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा सुनुवाइ गर्दै मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरिएको ठगी प्रकरणमा मुद्दा नचलाउनुको…
नारायण कोइराला - नेपाल रेडक्रस सोसाइटी श्रीनगर उपशाखा, गौतम बुद्ध उपशाखा, मणिमुकुन्द उपशाखा, भीमभैरव उपशाखा तानसेन, पाल्पाको आयोजना तानसेन नगर स्तरीय प्रथम युवा जुनियर रेडक्रस गोष्ठी सम्पन्न भएको छ । गोष्ठी स्थान संयोजन प.प.न.मा.वि.यु.जु.रे.स.तानसेनमा भएको थियोे ।श्रीनगरउपशाखा तानसेनका सभापति पुष्कर राज रेग्मीको अध्यक्षतामा भएको गोष्ठीमा प्रमुख अतिथि प्रेमलाल उदास ,…
पूर्वखेलाडी पारस खड्का नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा विजयी भएका छन् । शनिबार भएको क्यानको निर्वाचनमा अर्का प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पराजित गर्दै खड्का सचिवमा निर्वाचित भएका हुन् । अन्तिम मत परिणाम अनुसार कुल खसेको ८५ मतमध्ये पारसले ४८ मत प्राप्त गरे भने प्रशान्तले ३७ मत प्राप्त गरे । बागमती…
नेपालकै ठुलो चेन सुपर स्टोर भाटभटेनी बिर्तामोड शाखाको उद्घाटन गरिएको छ । बिहीबार बिहान ६ः३० बजेको शुभ साइतमा भाटभटेनी सुपर स्टोर प्रालिका अध्यक्ष मीनबहादुर गुरुङले ब्राह्मणबाट शुभ साइत गराएर स्टोरको उद्घाटन गरेका हुन् ।नेवारी सांस्कृतिक बाजागाजासहित उत्तम साइतमा गुरुङले स्टोरको उद्घाटन गरेका थिए । बिहान उद्घाटनसँगै आज बिहान ९ बजेपछि…
अमेरिकाबाट हुलाकमार्फत पठाइएको गाँजासहित प्रहरीले विभिन्न ठाउँबाट पाँच जनालाई पक्राउ गरेको छ । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजार हुँदै पठाइएका पार्सलमा गाँजा फेला परेको हो । प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ का ३२ वर्षका डल्लु राम र ४३ वर्षका हबिब मिया, भारतीय नागरिक २४ वर्षका एजिन भार्गेस, डडेल्धुराको गन्यापधुरा गाउँपालकिा–१ की ३९…
काठमाडौं जिल्ला प्रशासन कार्यालयले पशुपति मन्दिर वरपर मांस, मदिरा र नशालु पर्दाथ बिक्री गर्न निषेध गरेको छ। उसले चार किल्ला तोकेर यी पदार्थ किनबेचमा रोक लगाएको हो। आइतबार सार्वजनिक सूचना जारी गर्दै पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने ध्येयले मांस, मदिरा र नशालु पर्दाथ बिक्री…
देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द हुन लागेको हो । हेटौडामा चिकित्सक कुटिए पछि सोको बिरोधमा नेपाल चिकित्सक संघले भोलि देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको हो । शनिबार जारी गरिएको विज्ञप्ति अनुसार मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा चरणबद्द आन्दोलन थालिएको संघको भनाइ…
निशा पाण्डे - आज कुशे अाैंशी अर्थात बुबाको मुख हेर्ने दिन । यस दिनको अवसरमा मेरो बुबा, जिम्मेवारी निभाउन हर हमेशा लागि पर्ने मेरी आमा जस्तै घरदेश तथा परदेशमा रहनु भएका सबै बुबाहरूमा मेरो तर्फबाट बुबाको मुख हेर्ने दिनको धेरै धेरै शुभकामना । आमाको लागि बनेका किताबहरु मध्ये एउटा पनि…
![]()