Tuesday 26th May 2026

१ करोड भन्दा बढिको धनराशिसहित जनकपुर बोल्ट्स बन्याे पहिलो एनपीएल च्याम्पियन्स


१ करोड भन्दा बढिको धनराशिसहित जनकपुर बोल्ट्स एनपीएल पहिलो सिजनको च्याम्पियन्स बनेको छ । मधेस प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिएको जनकपुरले शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेट पराजित गर्दै एैतिहासिक जित हात पार्न सफल भएको हो । जितसँगै जनकपुरले १ करोड १० लाख नगद पुरस्कारसँगै ट्रफी हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदुरपश्चिमले प्रस्तुत गरेको १८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेट पुरा गरेको हो । जनकपुरको जितमा ओपनर लहिरू मिलान्थाले उत्कृष्ट ब्याटिङ गर्दै ८७ रन बनाए । ४९ बलमा ९ चाैका र ४ छक्का प्रहार गरेका मिलान्थाले जनकपुरलाइ विजेता बनाउन सफल भए ।

सुदूरपश्चिमले यसै प्रतियोगितामा जनकपुरलाई दुई पटक पराजित गरी फाइनलमा पुगेको थियो । जनकपुरलाई क्वालिफायर १ मा ८ विकेटले सहजै पराजित गरी सुदूरपश्चिम फाइनल पुगेको थियो भने जनकपुरले क्वालिफायर २ मा कर्णाली याक्समाथि २ विकेटको विजय हात पारी सुदूरपश्चिमसँग फाइनलमा भिडेको थियो ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र ईरान  बीच शान्ति वार्ता अघि बढ्न सक्ने संकेत सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय तेल बजारमा आएको करिब ५ प्रतिशतको गिरावट…

बालेन शाह ले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने निर्णय केवल एउटा “कार्यक्रम व्यवस्थापन” को विषय मात्र होइन, यो अहिलेको सत्ता–शैली, राजनीतिक…

पाकिस्तान को बलुचिस्तान प्रान्तमा आज रेलमाथि भएको भीषण आक्रमणले फेरि त्यहाँको सुरक्षा अवस्था अत्यन्तै संवेदनशील रहेको देखाएको छ। क्वेटा नजिक…

प्रतिकृयाहरू
...