Friday 16th October 2026

व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा एमालेले फिर्ता गर्ने


तितोपाटी- नेकपा  एमालेले  व्यवसायी मीनबहादुर गुरूङले  अनुदानमा बनाइिदने कार्यालय भवन नलिने भएको छ । जग्गा दानसहित  भवन दिने गुरुङको प्रस्तावलाई नेकपा एमालेले धन्यावादसहित फिर्ता गर्ने भएको छ । सचिवालय बैठकमा प्रस्तुत प्रस्तावमा गुरुङबाट दानमा लिने भनिएको भवनको प्रस्ताव फिर्ता गरेर बल्खुमै कार्यालय बनाउने उल्लेख  गरिएको छ ।

कलंकीमा भवन निर्माणको प्रस्ताव गर्ने दाता (मीनबहादुर गुरुङ दम्पत्ति) लाई धन्यवाद सहित उहाँहरूको प्रस्ताव फिर्ता गर्ने र अब नयाँ कार्यालय भवन मदननगर, बल्खुमै निर्माण गर्ने निर्णय गर्ने,’ एमालेको प्रस्ताव रहेको  छ । गुरुङले दानमा दिने भनेको भवनको शिल्यान्यास ०८१ असोजमा पाटी अध्यक्ष एबम पुर्वप्रधानमंत्री केपी शर्मा ओली र गुरुङ दम्पतीले गरेको भएपनि भवन  निर्माण भएको थिएन ।

व्यावसायी गुरुङबाट दानमा जग्गा लिएर उनकै सौजन्यमा भवन पनि बनाउने  निर्णयले एमालेमा ठूलो विवाद निम्त्याएको थियो । यही विषयलाई लिएर प्रश्न उठाउने नेताहरू विन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथि एमालेले अनुशासनको कारबाही गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न…

बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ। भारतीय…

युक्रेनले आफ्ना केही हतियार र ड्रोनहरूका लागि प्रयोग हुने स्टारलिङ्क इन्टरनेट सेवामा अचानक गति सीमा लगाइएपछि युद्धक्षेत्रका गतिविधि प्रभावित भएको…

प्रतिकृयाहरू
...