Friday 17th April 2026
नेपालको समाचार
Image

तीतोपाटी- नुवाकोटका पाँच किशोरीलाई बेचबिखनका लागि भारत लैजान लागेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा रहेका उनीहरुलाई आइतबार नै मानव बेचबिखन तथा ओसारपसार अभियोग मुद्दामा नुवाकोट जिल्ला अदालतबाट म्याद लिइ अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । यसैगरी नुवाकोटबाट हराएका पाँच किशोरीलाई घरमा…

Image

तितोपाटी - उदयपुरको वेलका नगरपालिका ८ रंगकमलमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । उदयपुर र सुनसरीको सिमाना कोशी पुलमा वनभोज खाएर फर्कर्दै गरेको स १ त ५८५० नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको र ३६ बढी घाइते भएका प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा १९ वर्षकी विनिता…

Image

तितोपाटी - पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैंडाकोट नगरपालिका–१४ अमरापुरीमा आज बिहान २ बजे बस दुर्घटना हुँदा २५ यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार दाङबाट काठमाडौंका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा बसमा सवार २५ घाइतेमध्ये तीनको अवस्था चिन्ताजनक…

Image

तितोपाटी - नेपाल सरकारले  भारत, मलेसिया र युएर्इका लागि राजदूतहरू शिफारिश गरेको छ । आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिस गरेको हो । सरकारले भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्यलाई सिफारिस गरेको छ ।आचार्य पूर्वकानुनमन्त्री एवं प्रवुद्ध समूहका सदस्य समेत हुन् । सरकारले यसअघि पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको नाम सिफारिस गर्ने…

Image

तितोपाटी - बोक्सी आरोप लगाउँदै महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक वडासचिव रुपन्देहीमा पक्राउ परेका छन् । तिलोत्तमा नगरपालिकाका–५ का वडासचिव टीकाराम आचार्य महिलामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । तिलोत्तमा–४, नयाँमिल निवासी वडासचिव र उनको परिवारले बोक्सी आरोप लगाउँदै कुटपिट गरेको छिमेकी डम्बरकुमारी न्यौपानेले उजुरी गरेपछि सचिव आचार्यसँगै उनकी श्रीमती र छोरीलाई…

Image

तितोपाटी - प्रकृति प्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि आजदेखि सुरू भएको छ। मुख्य विधि अन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ। दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ। यस पर्वमा…

Image

तीतोपाटी-सिरहाको लहानमा जन्मदिनको पार्टीको बहानामा बोलाइएका १५ वर्षीया बालिका र २० वर्षीया युवती सामूहिक बलात्कारको शिकार भएका छन् । इलाका प्रहरी कार्यालय लहानका अनुसार तिहारको भाइटीकाको दिन कार्तिक २३ गते राति जन्मदिनको पार्टीको बहानामा घरबाट ल्याएर लहानको भोटिया टोलमा सामूहिक बलात्कार भएको थियो । सिरहाको सिसवनीकी युवती र लक्ष्मीपुर पतारीकी…

Image

तीतोपाटी-बलात्कार जस्ता घटनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वास्थ्य परीक्षण गर्ने सेवा सुविधा नहुँदा अनुसन्धान प्रभावित भएको छ । कात्तिक १८ गते तिला गाउँपालिका–४ नुवाकोट गाउँको वनमा घाँस काट्न गएका दुई जना महिला बलात्कृत भए । बलात्कार घटनापछि जिल्ला प्रहरी कार्यालय, जुम्लाले पीडितको स्वास्थ्य परीक्षणका लागि कात्तिक २२ गते…

Image

तीतोपाटी-दाङमा प्रहरीले विभिन्न स्थानमा छापामारेर ३९ जना जुवाडे पक्राउ गरेको छ । उनीहरूको साथबाट प्रहरीले ३ लाख ३६ हजार रकम बरामद गरेको छ । शनिबार बिहान पश्चिम दाङका दुई स्थानमा प्रहरीले छापा मारेको छ । ती स्थानबाट २ लाख ७६ हजार रुपियाँसहित ३९ जना जुवाडे पक्राउ परेका छन् । तुलसीपुर…

Image

तीतोपाटी- नुवाकोटको लिखु गाउँपालिकाको विभिन्न स्थानमा स्यालले आतङ्क मञ्चाएको छ । जङ्गलबाट बस्ती पसेको एक स्यालले वडा नम्बर १ को ढिकुरेबजार, वडा नम्बर ४ को चौघडाबजारलगायत आसपासको स्थानका १५ जनाभन्दा बढी मानिसलाई टोकेर घाइते बनाएको इलाका प्रहरी कार्यालय ढिकुरेका प्रहरी सहायक निरीक्षक पूर्णबहादुर लामाले जानकारी दिए । बस्ती पसेको स्यालले…