Sunday 2nd August 2026

लोग्ने विदेशमा, स्वास्नी प्रेमीसँग लिभिङ टुगेदरमा, लेनदेन हिसावमा विवाद हुँदा प्रेमीद्वारा हत्या


तितोपाटी – विवाहित भएर पनि लोग्ने विदेशमा भएको समयमा प्रेमीसँग बस्दै अाएकी एक युवतीको प्रेमीले नै हत्या गरेका छन् । इटहरीमा ९ महिनादेखि प्रेमीसँग लिभिङ टुगेदरमा रहेकी खोटाङकी सोनिया राईको प्रेमीले हत्या गरेको हो । इटहरी उपमहानगरपालिका–४ माङहिङमा सोलुखुम्बुका लालबहादुर राईसँग डेरामा बस्दै आएकी ३५ वर्षकी सोनियाको सोमबार साँझ ६ बजे हत्या भएको हो ।

प्रहरीले ३६ वर्षका लालबहादुरलाई पक्राउ गरेको छ । लालबहादुरले सोनियाको हत्या गरेको स्वीकार गरिसकेको इलाका प्रहरी कार्यालय इटहरीका इन्चार्ज डीएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए । ‘हत्या गरेको स्वीकार गरिसकेको छ । करिब अनुसन्धान सकियो,’ उनले भने ।

विवाहित सोनियासँग लालबहादुर विदेशमा हुँदादेखि नै प्रेममा थिए । डीएसपी श्रेष्ठका अनुसार लालबहादुर विदेशबाट फर्केपछि सोनियासँग इटहरीमा लिभिङ टुगेदरमा बस्न थालेका थिए । सोनियाका श्रीमान वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका छन् ।

लालबहादुर विदेश हुँदा सोनियालाई रकम समेत पठाइदिने गरेका थिए । उनी स्वदेश फर्किएपछि एउटै डेरामा बस्दै आएका थिए । उनीहरुबीच लेनदेनको विषयलाइ लिएर बेला बेलामा विवाद हुने गरेको प्रहरीको भनाइ छ । सोही विवादका क्रममा सोमबार मदिरा सेवन गरेका लालबहादुरले सोनियाको डेरामै छुराले हानेर हत्या गरेको डीएसपी श्रेष्ठले बताए । ‘लालबहादुर विदेशबाट आएर इटहरीमा बसेको हो । केही रकम सोनियालाई दिएको रहेछ’ उनले भने ‘हिजोको घटना मदिराकै कारण भएको देखिन्छ ।’


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो तनावका बीच विश्वव्यापी तेल बजारमा अनिश्चितता बढेको छ, जसबाट ठूला तेल कम्पनीहरूले आर्थिक लाभ उठाउने अवस्था देखिएको छ।…

मध्यपूर्वमा सुरक्षा अवस्था थप जटिल बन्दै गएपछि बग्दादस्थित अमेरिकी दूतावास र इराकको एरबिलस्थित अमेरिकी महावाणिज्य दूतावासले सुरक्षा चेतावनी जारी गर्दै…

कुवेतस्थित नेपाली दूतावासले नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद गर्ने अभियानअन्तर्गत आज बिहान अलमुल्ला क्लिनिङ कम्पनीको माबुल्लास्थित ब्लक–१ मा रहेको श्रमिक आवास…

प्रतिकृयाहरू
...