Thursday 8th October 2026

मञ्चमै ढलेर गाउँपालिका अध्यक्ष बेहोस


तिताेपाटी — पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङ मञ्चमै ढलेका छन् । घुर्बिसे पञ्चमीमा आयोजित तीनदिने क्षमता विकास तालिमको समापन कार्यक्रममा सहभागी भएका उनी मन्तव्य राखेर आफ्नो आसनमा नपुग्दै ढलेको प्रत्यक्षदर्शी पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुङ्गानाले बताए ।

उनलाई बोकेर तत्काल स्वास्थ्यचौकी पुर्‍याए पनि त्यहाँ थप उपचार हुन नसकेपछि प्रारम्भिक उपचार गरेर इलामतर्फ लगिएको छ। उनी अचेत अवस्थामा रहेको स्थानीयले बताएका छन्। प्रारम्भिक उपचारमा उनको बीपी कम देखाएको स्थानीयले बताए। वडाको आयोजनामा उपभोक्ता समितिले क्षमता विकास तालिम राखेको थियो।

– कान्तिपुर


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...