तिताेपाटी — पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङ मञ्चमै ढलेका छन् । घुर्बिसे पञ्चमीमा आयोजित तीनदिने क्षमता विकास तालिमको समापन कार्यक्रममा सहभागी भएका उनी मन्तव्य राखेर आफ्नो आसनमा नपुग्दै ढलेको प्रत्यक्षदर्शी पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुङ्गानाले बताए । उनलाई बोकेर तत्काल स्वास्थ्यचौकी पुर्याए पनि त्यहाँ थप उपचार हुन नसकेपछि प्रारम्भिक उपचार…
तिताेपाटी - सिरहाको नरहा गाउँपालिका–३ चन्द्र अयोध्यापुर खोरिया टोलकी एक महिलामाथि बोक्सी आरोपमा निर्घात कुटपिट भएको छ । छिमेकी युवकलाई बोक्सी मन्त्र र टुनामुना गरी बिरामी बनाएको भन्दै करिब ४५ वर्षीया बौवावती महतो कुटिएकी हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – घरमा पालिएका पशु–चौपायालाई घाँसपानी गरिरहेका वेला बिहीबार अपराह्न हुल बाँधर आएका…
तीतोपाटी-सर्लाहीको हरिवन र बरहथवा नगरपालिकाका विभिन्न वडाका विद्यार्थी तथा विपन्न वृद्ध र विधवा महिलाहरुलाई न्यानो लुगा तथा कम्बल वितरण गरिएको छ । शरिन ख्युङ्वा तामाङ र मन्जु ग्याबा तामाङको विशेष सहयोगमा शनिबार ग्रोइङ नेपाल फाउन्डेसनको संयोजकत्मा उक्त सामग्रीहरु वितरण गरिएको हो । हरिवन नगरपालिकाको वडा नम्बर १० ताइवान बस्ती विकास टोलमा…
तिताेपाटी – गण्डकी प्रदेश सरकारले यही फागुन ४ गते शनिबार स्थापना दिवस मनाउने निर्णय गरेको छ । गत वर्ष फागुन ४ गतेकै दिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश प्रमुख बाबुराम कुँवरबाट पद तथा गोपनियताको सपथग्रहण गरेका थिए । सोही दिनको सन्दर्भमा प्रदेश सरकारले स्थापना दिवस भव्यताका साथ मनाउन लागेको गण्डकी प्रदेशका…
तिताेपाटी– सिन्धुलीको फिकल गाउँपालिका–२ चण्डी भञ्याङमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । फिकलबाट सिन्धुलीमाडी तर्फ जाँदै गरेको बा. १५ च ९४२२ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमा र एकजनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) चक्र बहादुर सिंहले जानकारी दिए…
तीतोपाटी-सर्वोच्च अदालतले एनसेलबाटै पुँजीगत लाभकर असुल गर्न आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा, न्यायाधीशहरू मीरा खड्का, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंक मोक्तानको वृहद पूर्ण इजलासले एक्जिएटा कम्पनी र एनसेलबाटै पुँजीगत लाभकर उठाउन आदेश दिएको हो। ‘एक्जिएटाको प्रभावकारी नियन्त्रणमा रहेका कारणले लाभकरको दायित्व एनसेल र एक्जिएटाले बेहोर्नुपर्ने गरी फैसला…
तीतोपाटी-पूर्वराजा ज्ञानन्द्र शाहले मध्य तराईको भ्रमण गरेका छन् । काठमाडौं उपत्यकामा भन्दा बाहिरी जिल्ला घुम्न र सर्वसाधारणहरू भेटघाट गर्न रुचाउन पूर्वराजा शाहले जनसम्पर्कलाई बाक्लो बनाउन थालेका छन् । बारा जिल्लाको भ्रमणपछि पूर्वराजा शाह झापा जाने छन् । झापामा आफ्ना शुभेच्छुकहरूलाई भेट्ने छन् । आफ्ना कुराहरू बाहिर अभिव्यक्त नगर्ने पूर्वराजा शाहले…
तीतोपाटी-नेपाल प्रहरीका महानिरिक्षक (आइजी) सर्वेन्द्र खनालविरुद्ध नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले सांकेतिक प्रश्न गरेका छन् । सांसदसँग सवाल–जवाफका लागि बुधबारको प्रतिनिधि सभा बैठकमा उपस्थित भएका गृहमन्त्री रामबहादुुर थापा बादलसँग उनले निर्मला पन्त हत्या प्रकरणको जगमा प्रश्न सोध्ने क्रममा आइजी खनालविरुद्ध सांकेतिक प्रश्न गरेका हुन् । उनले सोधे,‘पन्त प्रकरणको छानबिनमा…
तीतोपाटी-वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले बुधाबारदेखि प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरबाट पनि श्रम स्वीकृति प्रदान गर्ने भएको छ । विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयबाट तत्कालका लागि पुनः श्रम स्वीकृतिलगायतका सेवा प्रदान गर्ने तयारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारसम्बन्धी…
तीतोपाटी-बुटवलमा प्रदेश सरकारको उपस्थितिपछि मानिसहरुको चहलपहल बढेलगत्तै बहुविवाह, बलात्कार लगायत यौन मामिलाका घटना विगतको तुलनामा बढेका छन् । तर पछिल्लो ३ बर्षयता क्रमिक रुपले व्यक्ति हत्याको घटनामा भने कमी आएको छ । चालू आर्थिक वर्षको पछिल्ला ६ महिनामा अघिल्लो बर्ष भरकै हाराहारीमा बलात्कारका घटना घटेका छन् । यद्यपि, त्यहाँको प्रहरी…
![]()