Monday 26th October 2026

बारा-पर्सामा हावाहुरीबाट मृत्यु भएका २७ जनाको सनाखत(ध्वस्त संरचनाको फोटो फिचर सहित)


तितोपाटी – बारा – पर्सामा आइतबार आएको हावाहुरीमा मृत्यु हुनेहरुको नाम खुलेको छ। जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र बाराले घटनामा मृत्यु हुने २७ जनाको नाम सार्वजनिक गरेको छ। हावाहुरीबाट बारामा २६ जना र पर्सामा १ जना गरी २७ जनाको ज्यान गएकाहरूको सनाखत भएको हो । हावाहुरीबाट बाराको फेटा गाउँपालिकास्थित पुरेनियामा सबैभन्दा बढी क्षति पुगेको छ ।

मृतकहरुको शव नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्ज, नेसलन मेडिकल कजेज, कलैया अस्पताल लगायतमा राखिएको छ। तीनै सुरक्षा निकाय उद्दारमा खटिएका छन्। यस अघि नेपाली सेनाको स्काइ ट्रक मार्फत ६ जना घाइतेलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ। अन्य घाइतेहरुको बारा र पर्साका अस्पतालहरुमा उपचार भइरहेको छ।

अहिले स्थानीय प्रशासनले घटनामा कति धनजनको क्षति भएको हो ? त्यसको विवरण संकलन गर्ने कार्य सुरु गरेको छ ।


सम्बन्धित शीर्षकहरु

अझै क्षितिजमा घाम छ, अँध्यारो छर्न नदेऊ, अधुरै छन् मेरा सपना, साँझ अहिले नपारिदेऊ। म आफैँ खसुँला कुनै दिन, समयलाई…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न दोस्रो चरणको मतदानमा उनले पूर्वराष्ट्रपति…

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

प्रतिकृयाहरू
...