Saturday 1st August 2026
नेपालको समाचार
Image

तितोपाटी - चिकित्सा क्षेत्र सुधारको माग गर्दै वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.गोविन्द केसीले इलाममा १६औं सत्याग्रह सुरु गर्दैछन्। गत साउन १० मा सरकारसँग भएको सहमति कार्यान्वयनसहित भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्न माग गर्दै केसीले बुधबार इलामको नारायणस्थान मन्दिर परिसरमा सत्याग्रह सुरु गर्ने तयारी गरेका हुन्। संघीय संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिले आफ्ना…

Image

तितोपाटी - पाँच वर्षमा पाँच वटा घर, उपत्यकाका विभिन्न स्थानमा जग्गै जग्गा । एक करोड भन्दा बढी चन्दा । सुपर मार्केटहरुमा एटीएमबाट मात्रै १ करोड ८० लाख भुक्तानी । श्रीसम्पत्तिले सम्पन्न कुबेर अरु कोही नभएर आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का हुन् । तीनै खड्काविरुद्ध सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले…

Image

तितोपाटी - नेपाली राजदूतावास कुवेतले अाज एक विज्ञप्ति जारी गरी कुवेतमा कार्यरत रही  विभिन्न किसिमले ज्यान गुमाएका र घाइते भएका नेपालीहरूको क्षतिपुर्ति वापतको रकम  नेपाली रूपैया  करिब ८ करोड सन्ताउन्न लाख चालिस हजार रूपैयाँ उनीहरूका कानूनी हकदारहरूलाइ उपलब्ध गराएको जनाएको छ । विज्ञप्तिमा जनाइए अनुसार वैदेशिक रोजगारको सिलसिलामा कुवेतमा कायर्रत रहँदा घाइते एवं मृत्यु…

Image

तितोपाटी - सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई हटाउने निर्णय गरेको हो । नेपालबाटै अष्ट्रेलिया ल्याएका निजी चालकसँग लेनदेन लगायतको विवाद चुलिएपछि परराष्ट्र मन्त्रालयले राजदूत शेर्पासँग स्पष्टीकरण सोधेको थियो । साथै छानविन समिति बनाएको थियो । राजदूतका पूर्वसवारी चालक एवं भान्छे वाङछु…

Image

तीतोपाटी डटकम- ९ बर्षकै उमेरमा ब्लड क्यान्सर जस्तो प्राण घातक रोग लागेर अस्पातलमा छटपटाइ रहेकी बालिका गरिमा देबकोटालाई सांगितिक साहित्य यात्रा समुहद्वारा आर्थिक सहयोग गरिएको छ। सांगितिक साहित्य यात्रा समुहका अध्यक्ष तथा चर्चित कार्यक्रम "बुलन्द आवाज"का संचालक राजन नेपालले तितोपाटी डटकम मार्फत भने"सानै उमेरमा ब्लड क्यान्सर जस्तो रोगबाट पीडित गरिमा…

Image

तितोपाटी - वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार यतिखेर रोजगारीका लागि विभिन्न मुलुक पुगेका पाँच सय ३२ नेपाली विदेशी जेलमा छन्। विदेशी जेलमा परेका व्यक्तिको उद्दार गर्न कसले सहयोग गर्ने हो भन्नेमा समेत सरकारी निकायमै अन्योल देखिएको छ। बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ विदेशी जेलमा परेका नेपालीलाई कस्तो खाले सहयोग चाहिन्छ भन्ने…

Image

तितोपाटी - तपस्वी रामबहादुर बम्जनको सिन्धुपाल्चोकस्थित आश्रमबाट हराएका भनिएका सञ्चलाल वाइबाको हत्या भएको आशंका गरिएको छ । प्रहरीले वाइबाको खोजी गर्ने क्रममा आश्रमबाट करिब ३ सय मिटरको दूरीमा गाडीएको अवस्थामा नौ पोका नुनको खोल भेटिएपछि हत्याको आशंका गरेको हो । 'आश्रमबाट तीन सय मिटर पर नौ प्याकेट नुनको खोल भेटियो। त्यसमा…

Image

तितोपाटी - पुसका कठ्याङ्ग्रीदो चिसो चौरमा प्लाष्टिकको बोरा ओछ्याएर बसेका छन्, बालबालीका । शिक्षकका लागि प्लष्टिक कुर्सीको बन्दोबस्त देखिन्छ । पर्साको जगरनाथपुर गाउँपालिका- २, लक्ष्मीपुरको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय हो, यो । २०१९ सालमा स्थापित यो विद्यालयको ४ कोठे जीर्ण भवन छ, तर डेस्क-बेन्च छैन । पढाईका लागि कहिलेकाँही एउटा कोठा…

Image

तितोपाटी - वैदेशिक रोजगारीका लागि जापान पठाइने हल्लासँगै राजधानीका म्यानपावर व्यवसायीहरुले पैशा असुल्न थालेका छन् । जापानमा राजगारीका नाममा पत्रिकामा विज्ञापन गर्दै व्यवसायीहरुले पैसा असुल्न सुरु गरेका हुन् । केही समयअघि जापानले नेपालबाट समेत कामदर लिन सक्ने नीतिमा समावेश गरेपछि यहाँका व्यवसायीहरुले युवाबाट राहदानी संकलन गर्ने पैसा समेत अशुल्न थालेका हुन्…

Image

तितोपाटी - पूर्वी चितवनको रत्ननगरमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा रत्ननगर नगरपालिका–११ मङ्गलपुरका ७५ वर्षीय सुकवीर तामाङ पक्राउ परेका छन्। पीडित किशोरीको जाहेरीबमोजिम ती वृद्धलाई नियन्त्रणमा लिइएको टाँडीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले बताए। बुधबार पीडित किशोरीले आफूलाई विभिन्न टुनामुना लगाएर पटक–पटक बलात्कार गरेको भन्ने उजुरी…