Sunday 2nd August 2026

८ कक्षामा पढ्ने छात्रालाइ परिक्षामा पहिलो बनाइदिन्छु भन्दै याैन दुर्व्यवहार


तितोपाटी – पाँचथरको हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरीको शम्भुनाथ गाउँपालिका घर भएका एक शिक्षकलाई छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

१३ वर्षीया छात्रालाई ललाइफकाइ यौन दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेको छ। कक्षा ८ मा अध्ययनरत किशोरीमाथि पाँचथर हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरी शम्भुनाथ घर भएका शिक्षक उपेन्द्र चौधरीले मंगलबार यौन दुव्र्यवहार गरेको आरोप प्रहरीको छ।

चौधरी विज्ञान विषयका शिक्षक भएका बताइएकाे छ। उनले बालिका घरमा एक्लै भएको मौका छोपेर किशोरीमाथि जबर्जस्ती गर्न खोजेको पीडितले बयान दिएकी छन्।

बालिकालाई परीक्षामा प्रथम बनाइदिने प्रलोभन शिक्षकले देखाएका किशोरीका आफन्तले आरोप लगाएका छन्। किशोरीका आफन्तले प्रहरीमा उजुरी दिएपछि मंगलबार शिक्षक चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। चौधरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले जलेब अल-शुयुख क्षेत्रमा सञ्चालन गरेको व्यापक सुरक्षा अभियानका क्रममा सुरक्षा कारणले खोजिएका तथा आवास (रेजिडेन्सी) र श्रम कानुन…

मध्यपूर्वमा बढ्दो तनावका बीच विश्वव्यापी तेल बजारमा अनिश्चितता बढेको छ, जसबाट ठूला तेल कम्पनीहरूले आर्थिक लाभ उठाउने अवस्था देखिएको छ।…

मध्यपूर्वमा सुरक्षा अवस्था थप जटिल बन्दै गएपछि बग्दादस्थित अमेरिकी दूतावास र इराकको एरबिलस्थित अमेरिकी महावाणिज्य दूतावासले सुरक्षा चेतावनी जारी गर्दै…

प्रतिकृयाहरू
...