Wednesday 26th August 2026

नेपाली सेनामा पाकिस्तानले घुसपैठ गर्न लागेको भारतीय मिडियाको अारोप


तितोपाटी – भारतको चर्चित मिडिया ‘आजतक’ ले आफ्नो गोप्य सुत्रको हवाला दिँदै पाकिस्तानको गुप्चतर एजेन्सी ‘आईएसआई’ नेपाली सेनामा घुसपैठ गर्ने प्रयासमा रहेको समाचार प्रकाशित गरेको छ । यसको लागि पाकिस्तानको गुप्चतर एजेन्सी आईएसआई र पाकिस्तानी सेना नेपालको राजधानी काठमाडौँमा ‘नेशनल डिफेन्स कलेज (राष्ट्रिय प्रतिरक्षा कलेज)’ बनाइरहेको जानकारी आफूहरुले प्राप्त गरेको समाचारमा लेखिएको छ ।

चीनको शैलीमा पाकिस्तान नेपालसँग नजिक हुने कोशिस गरिरहेको र त्यसमार्फत नेपालमा भारतविरोधी काम गर्न खोजिएको ‘आजतक’ले आरोप लगाएको छ । सुरक्षा विभागको सुत्र भन्दै सो मिडियाले पाकिस्तानले काठमाडौँमा ‘नेशनल डिफेन्स कलेज’ बनाएर नेपाली सेनामा आफ्नो प्रभाव बलियो पार्न खोजेको दावी गरेको छ ।

‘आजतक’ले पाकिस्तानले काठमाडौँमा रहेको आफ्नो हाई कमिशनमार्फत भारतविरोधी प्रोपोगाण्डा पनि चलाइरहेको आरोप पनि लगाएको छ । ‘नेशनल डिफेन्स कलेज’ बनाउने विषयमा पछिल्लो केही दिनभित्र पाकिस्तान र नेपालबीच कयैन चरणमा बैठक भइसकेको जानकारी आफूहरुसँग रहेको ‘आजतक’को दावी छ ।

सोही समचारमा मोरङ जिल्लामा लश्कर–ए–तोयबाका संदिग्ध मौलाना उमर मदनी भारत विरोधी कार्य गरिरहेको पनि लेखिएको छ । मौलाना मदनीले विदेशबाट पैसा मगाएर नेपालका मुसलमान बहुल जिल्लाका मुसलमान युवाहरुलाई लश्करमा सामेल गराइरहेको समाचारमा उल्लेख छ । भारतीय गुप्तचर एजेन्सीहरुले मदनीले विदेशी रकम नेपालका एनजीओहरुमार्फत ल्याएको इशारा गरेको र यसमा कतारदेखि समेत पैसा आइरहेको उसको दावी छ ।

नेपाल र भारतबीच १७५१ किमी लामो खुल्ला सिमाना रहेको छ । यस खुल्ला सिमानालाई पाकिस्तानले भारतविरुद्ध प्रयोग गर्ने गरेको भारतीय मिडियाहरुले पहिलेदेखि आरोप लगाउने गरेका छन् ।

तर, नेपालको वैधानिक संस्था नेपाली सेना नै एक विदेशी मित्र राष्ट्र गुप्चतरको प्रभावमा परेर छिमेकी मित्रराष्ट्र विरुद्ध लाग्न लागेको समाचार आउनु निक्कै गम्भिर विषय हो ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...