Monday 26th October 2026

बारामा भीषण हावाहुरीबाट २१ जनाभन्दा बढीको ज्यान गयो


तीतोपाटी-बारामा आज साँझको भीषण हावाहुरीबाट २१ जना भन्दा बढी मृत्यु भएको छ। दर्जनौं घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमबहादुर शाहीले टेलिफोनमा दिएको जानकारी अनुसार अहिलेसम्म २१ जनाको शव फेला परेको छ।

उनका अनुसार टेलकुवामा १, भलुहीमा ५, क्वै सोर्ण गाउँपालिकामा १, फेटा पुरेनियामा ७, हर्दिया र परशुरामपुरमा २ जना, धर्मनगरमा ४ जनाको शव फेला परेको र १ जनाको वीरगञ्ज उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ। घाइतेलाई वीरगञ्ज र नजिकको अस्पताल पु-याएर उपचार भइरहेको उनले बताए।

डिएसपी शाहीले हावाहुरीबाट घरहरु तहस नहस भएकाले मृतकको संख्या थपिनसक्ने बताए। उनले बारामा ठूलो प्राकृतिक विपत्ति आइपरेकाााले अहिले पनि उद्दारमा जुटेको बताए ।


सम्बन्धित शीर्षकहरु

अझै क्षितिजमा घाम छ, अँध्यारो छर्न नदेऊ, अधुरै छन् मेरा सपना, साँझ अहिले नपारिदेऊ। म आफैँ खसुँला कुनै दिन, समयलाई…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न दोस्रो चरणको मतदानमा उनले पूर्वराष्ट्रपति…

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

प्रतिकृयाहरू
...