Friday 11th September 2026

ज्यान बचाउने डाक्टरले नै श्रीमती कुटेर मारेपछि वीरगञ्जमा प्रदर्शन


तितोपाटी – डाक्टर श्रीमानको कुटपिटबाट घाइते भएकी श्रीमती सुनीता यादवको उपचारको क्रममा शुक्रबार निधन भएपछि उनका आफन्त र अधिकारकर्मीहरुले दोषीलाई कारवाहीको माग गर्दै वीरगन्जमा प्रदर्शन गरेका छन् । उनका आफन्त र अधिकारकर्मीहरुले शनिबार बिहान घण्टाघरमा दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।

 

 

वीरगन्जमा रहेको नारायणी अस्पतालमा कार्यरत डा. सचितानन्द यादवको कुटपिटबाट घाइत भएकी श्रीमती सुनिता यादवको काठमांडौ स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको सुनिताका आफन्त जयप्रकाश यादवले बताए ।

पाँच दिनदेखि काठमांडौमा उपचाररत सुनिता यादवको शुक्रबार सवा ५ बजे उपचारको क्रममा निधन भएको थियो ।

गत चैत ११ कुटपिटबाट घाईते भएकी सुनितालाई वीरगन्जको गण्डक हस्पिटलको आइसियूमा राखेर उपचार पश्चात थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो ।

कुटपिटपछि घाईते भएकी सुनीताको अवस्था नाजुक भएपछि उपचारका लागि काठमाडौं रिफर गरिएको थियो । १५ वर्ष पहिले वीरगन्ज महानगरपालिका–२० हरपतगन्ज निवासी यादवले बाराको परवानीपुर गाउँपालिका–५ बहुवरी निवासी सुनीतासँग मागी विवाह गरेका थिए ।

विवाहको दुई वर्षपछि नै सुनीताबाट सन्तान नभएको भन्दै उनले भारतको रक्सौल जगुवलियाकी एक युवतीसँग भारतकै अरेराजमा विवाह गरेका थिए । त्यसयता नै डा.यादवले सुनीतालाई मानसिक र शारीरिक यातना दिँदै आएको माइतीपक्षको भनाइ छ ।

दोषीलाई कारवाही गर्नुपर्ने माग सहित गरिएको प्रदर्शनपछिको कोणसभामा प्रदेशसभा सदस्य करिमा वेगम, सामाजिक अभियन्ता डा.सुष्मा तिवारी, प्रकाश थारु, विश्वेश्वर प्रसाद चौधरी, महिला नेतृहरु मोनिका सिंह, मुन्नी श्रीवास्तव, सुनिता साह, रम्भा मिश्रा लगायतले बोलेका थिए ।


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...