Saturday 1st August 2026
नेपालको समाचार
Image

तीतोपाटी-नेपाल पत्रकार महासंघ युएई शाखाले अध्यक्ष भुपराज बस्याल पक्राउ सम्बन्धमा एक बिज्ञप्ति जारी गर्दै विभिन्न संचारमाध्यममा आए जस्तो उनि गैरकानुनी काम कारबाहीमा संलग्न नरहेको प्रष्ट पारेको छ। संघका कार्यवाहक अध्यक्ष लक्ष्मण खनाल द्वारा हस्ताक्षरित बिज्ञप्तिमा केहि समय अघि आन्तरिक बिसयमा चिनियाँ नागरिक सङ भएको मतभेदका कारण बस्याल लाई प्रहरीले पक्राउ…

Image

तीतोपाटी-अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । आज एक पत्रकार सम्मेलन गर्दै राजदूत शेर्पाले राजीनामा दिएकी हुन् ।  विवादमा मुछिएपछि उनले आफ्नो पदबाट राजीनामा दिएको बताएकी छन् । यस्तो छ राजदूत शेर्पाले दिएको राजीनामाको पूर्ण पाठः आदरणीय पत्रकार साथीहरु, जिम्मेवारीको हिसाबले अष्ट्रेलियाको लागि नेपाली राजदूतको जिम्मेवारीमा रहेको…

Image

तीतोपाटी-ओखलढुंगामा चिर्पट प्रहार गरी छोराले आफ्नै आमाको हत्या गरेका छन् । चम्पादेवी गाउँपालिका ५ पोखरेका ३८ वर्षीय टंकबहादुर कार्कीले चिर्पट प्रहार गरी ६३ वर्षीय आमा नरमाया कार्कीको हत्या गरेका हुन् । बुधबार बेलुका सामान्य घरायसी झगडा हुँदा टंकबहादुरले आमालाई चिर्पट प्रहार गरेको स्थानीयले बताएका छन् । चिर्पट प्रहारबाट आमाको घटनास्थलमै…

Image

तीतोपाटी-राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपाल यतिबेला एक अर्काका नेता तथा कार्यकर्ता तान्नमा लागेका छन् । दुवै पार्टीको वैशाखमा महाधिवेशन हुने भएकाले अहिले दुवै पार्टीले सदस्य वितरण तथा सदस्यता नविकरण कार्यलाई तीब्रता दिएको छ । एक अर्काको नेता तथा कार्यकर्तालाई तानेर सदस्य वितरण गर्ने गरेको पाइएको छ ।…

Image

तीतोपाटी-नेपाल पत्रकार महासंघ, यूएई शाखाका अध्यक्ष भुपराज बस्याल पक्राउ परेका छन् । व्यवसायिक लेनदेन सम्बन्धी विवादमा उनलाई यूएई प्रहरीले पक्राउ गरेको हो । युएईमा व्यवसाय समेत गर्दै आएका बस्याल एक चिनियाँ नागरिकसँगको विवादपछि पक्राउ परेको पत्रकार महासंघ यूएई शाखाका सचिव मेघराज सापकोटाले पुष्टि गरेका छन् । उनले अनलाइनखबरसँग कुरा गर्दै…

Image

तीतोपाटी-सरकारले नेपालको प्रतिनिधित्व गर्दै विभिन्न राष्ट्रमा जाने राजदूतले राष्ट्रपतिसमक्ष सपथ लिनुपर्ने ब्यवस्था गरेको छ । गत माघ १४ गते बसेको मन्त्रिपरिषदको बैठकले राजदूत नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गर्दै राष्ट्रपतिसमक्ष सपथ लिएर मात्रै जिम्मेवारी पाएका देशमा जानुपर्ने व्यवस्था गरेको हो । राजतन्त्रात्मक  व्यवस्थामा राजदूतहरुले राजासमक्ष सपथ लिने व्यववस्था थियो । नेपालमा राजतन्त्रको…

Image

तीतोपाटी-मलेसियाका नवनिर्वाचित राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले बिहीबार राज्यारोहण गरेका छन् । यसअघिका राजाले पाँच वर्षे कार्यकाल पूरा नहुँदै बीचमै राजीनामा दिएकाले निर्वाचन मार्फत् छनौट गरिएका नयाँ राजाले राज्यारोहण गरेका हुन् । खेलप्रेमी नयाँ राजा अब्दुल्लाहले राज्यारोहण समारोहमा नीलो पानीरङको औपचारिक पोशाक लगाएका थिए ।  क्वालालम्पुरस्थित राष्ट्रिय दरबारमा संस्कृतिक…

Image

तीतोपाटी-महोत्तरीको  गौशला नगरपालिकामा रहेको एभेरेष्ट्र  सुगर एन्ड केमिकल इन्डस्ट्रिज लिमिटेडका मजदुरहरुले बिहीबारदेखि अनिश्चितकालीन आमरण  अनसन थालेका छन् । चिनी उद्योगले मजदुरलाई बर्षाैदेखी दिँदै आएको  विशेष भत्ता,अतिरिक्त भत्ताका साथै अन्य सुविधाहरु यसै बर्षको साउन महिनादेखि कटौती गरेपछि मजदुरहरुले आईतबारदेखी चरणबद्घ रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । सोही क्रममा आजदेखि मजदुरहरुले…

Image

तीतोपाटी-इटाली लैजान्छु भनेर लगिएका १२ जना नेपालीलाई लिबियामा बन्धक बनाएको खुलेको छ । उनीहरुलाई कुनै अपराधिक समूहले नभई दलालकै समूहले बन्धक बनाएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ । सन्तोष पराजुली र जसध्वज गुरुङको समूहले गत भदौमा १२ जनालाई दुई समूहमा इटली पठाएको थियो । भिजिट भिसामा दुबई पुगेका उनीहरुलाई पाकिस्तानी…

Image

तीतोपाटी-वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा आज रात्रिकालीन परीक्षण उडान गरेको छ। कम्पनीले चन्द्रगढी विमानस्थलमा रात्रिकालीन परीक्षण उडान सफल भएको आज एक विज्ञप्तिमार्फत जनाएको हो। हाल उक्त विमानस्थलमा नियमित दुई उडान भर्दै आएको बुद्धले आगामी १० फेब्रुअरीदेखि रात्रिकालीन उडानसँगै दैनिक तीन उडान सञ्चालन गर्ने जनाएको छ।…