Monday 29th April 2024

प्रवाशबाट प्रधानमन्त्री ज्यूलाई चिठी


सम्माननिय प्रधानमन्त्री ज्यूमा मरूभूमिको देश कुवेतबाट हार्दिक नमस्कार ।

प्रधानमन्त्री ज्यू,

म एउटा आशावादी सचेत युवा हु , तर राजनितिशास्त्रको बिज्ञ भने होइन र विद्यार्थी पनि होइन। म एउटा स्वाभिमानी युवा , देशभक्तिले ओतप्रोत भएको युवा, नेपालमा रोजगारीको अवसर नपाएर हाल मरुभुमिको खाडीमा आफ्नो पसिना चुहाएर( बगाएर) आफ्नो घर परिवार श्रीमती छोराछोरीको लागि दिनरात परिश्रम गर्ने युवा भएकोले – हाल देशमा पछिल्लो समयमा भैईरहेको गतिबिधिलाई नजिकबाट नियाल्दै गरेको छु।

सम्मानित प्रधानमन्त्री ज्यु सङ्ग केहि प्रश्नहरु गर्न मन लाग्यो । हामी कस्तो देशमा बाँचिरहेका छौँ ? हाम्रो देशको सरकार कहाँबाट सञ्चालित छ ? देशको सासन सत्ताको साँचो हाम्रो हातमा छैन ? देशमा किन दिन दिनै कु-साशन, भ्रस्टचार बढेको बढै छ? कि देश काण्डै काण्ड गर्ने रणभुमि हो ? जनताले दिएको जनाभिमतलाई अपहेलित गर्न पाईन्छ ? राष्ट्रिय अखण्डतालाई धरापमा पारेर रास्ट्रघातीहरु सङ्ग सम्झौता गर्ने अधिकार कस्ले दियो ? के प्रधानमन्त्री पद गिज्याएको जस्तो ,खिसि गरेको जस्तो , टठा गरेको जस्तो हो ? आदि ।

हुन त मेरो प्रश्नको उत्तर दिने समय कहाँ होला र प्रधानमन्त्री ज्यू सङ्ग तर पनि मैले समाजिक सन्जाल मार्फत प्रश्न गर्ने अठोट गरे यदि गल्ति भए रिसानी माफ पाउ । खासमा नेपाली जनताले के चाहन्छ्न त ? आर्थिक निकास ,राष्ट्रिय अखणडता र समावेसी बिकास सहितको समृध्दि नेपाल । तर आज दिनदिनै भ्रस्टचार मौलाएको छ , कर्मचारितन्त्रको हावी भएको छ , देशको प्रमुख निकायहरुमा नातावाद कृपावाद हावी भएको छ। जनता दिन दिनै त्रासित छन, जनताको हरेक आकांक्षा कुन्ठित हुदैछ । लोकतन्त्रमा जनाता प्रतिको जवाहदेहिता कम हुँदैछ। अहिले वर्तमान समयमा समाजिक सन्जालहरु रङ्गिएका छन – बलुवाटर भुमि माफियाकाण्ड ,वाईडबडि काण्ड , खुल्लामन्च काण्ड , सुनकाण्ड , निर्मला काण्ड लगायत दर्जनौको कान्डै काण्डको निम्ति हामीले लोकतन्त्र ल्याएका हौ ?

नेपाली जनताहरुले लोकतन्त्र संविधान , बिकास समृध्दि ,सु-शसान , परनिर्भरताको अन्त्य, रोजगारिको सृजना लगायत देशलाई दिगो बिकास गरेर लैजाने म्यान्डेट दिएका हुन । प्रधानमन्त्री ज्यु ! हामीले आन्तरिक राष्ट्रियता बलियो बनाउन सकेनौ भने हामीलाई बाह्य शक्तिहरुले हस्तक्षेप त गर्छ नै हामीलाई बाह्य शक्तिको सासन सत्ताले दवाब दिन्छ नै साथसाथै त्यहाँको जनताले पनि हेप्छ।  त्यसैले देशलाई आत्मनिभर बनाउदै ,आर्थिक क्रान्ति गर्दै ,देश लाई दिगो बिकास गर्ने जिम्मेवारी रास्ट्रको बाग्डोर सम्माहलेको व्यक्तिले लिनु पर्द्छ प्रधानमन्त्री ज्यु ! देशलाई बिकास र समृध्दि गर्न भाषणमा ट्याउँट्याउँ मात्र गरेर हुँदैन । नेपाल र नेपाली जनताको बिकास गर्नको लागि संरचनान्तमक बिकास गर्ने कार्य सुचि , निति तथाको कार्यक्रमको निर्माण गर्नु पर्छ तर हामी कहाँ देश र जनताको बिकास होइन नेताको मात्र बिकास भएको पाइन्छ ।  यो कस्तो अग्रगमन हो प्रधानमन्त्री ज्यू ? यो कस्तो समृद्धि हो प्रधानमन्त्री ज्यू ?

रास्ट्र, राष्ट्रियता,  बिकास ,समृद्धि ,अखण्डताको छुटा छुटै सिद्धान्तहरु हुन्छन । सर्व प्रथम हाम्रो देशको अर्थतन्त्रलाई सुदृढ बनाउने तिर आफ्नो पहलकदमी लाई अगाडि बढाउँ । आर्थिक रुपले बलियो भयौ भने बिकासको ढोकाहरु आफै खुल्छ । समृध्दिको निम्ति रिजन र भिजन सहितको पोल्टिकल नेता बन्न जरुरी छ । समाजवाद उन्नमुखको परिकल्पनामा देश र समाजका कोहि कोहि ब्यक्ति धनि होइन,समाजमा रहेको रहेक ब्यक्तिलाई धनि बनाउने तिर ध्यान दिएर त्यता तिर सोच्न जरुरि छ । देश समाजलाई समृध्दि र बिकास गर्नको निम्ति कुनै एउटा पुस्ताले अतिरिक्त समय काम गर्नै पर्छ , त्यो पुरा बिगतको वा भविश्यको पुस्ता होइन , त्यो पुस्ता हामी हौ। हामी कति भाग्यमानी छौ हाम्रो सम्पदाहरुको पुनर्निर्माण को लागि विदेशीलाई सुम्पिन्छौ । त्यो पुनर्निर्माणको बेलामा जपान ,चाईना , अ्मेरिका लगायत लोगो झुन्डाईन्छ र त्यहाँ लेख्छ फलानो चिलानो सरकारको सहयोगमा पुनर्निर्माण भएको । के हामी हाम्रा  राष्ट्रिय गौरबका आयोजनाहरु आफ्नै लगानिमा बनाउन सक्दैनौ ? हामी नेपालीलाई त्य्स्तो बिकास र समृध्दि चाहिएको छ जहाँ हाम्रो साँस्कृतिक सम्पदा, धर्म , पहिचान नकारात्मक प्रयोग गरेर होइन सकारात्मकता प्रयोग गरेर ,ताकि बिस्वलाई चकित पार्न सकौ ।


सम्बन्धित शीर्षकहरु

एजेन्सी । अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम सुरु भएको दुबईले आइतबार घोषणा गरेको छ । संयुक्त अरब इमिरेट्सका…

कुवेत/नेपाल कुबेत सरोकार समाजले आफ्नो पाँचौ साँगितिक धमाका यहि आँउदो 31 मे 2024 शूक्रबार को दिन नेपालबाट आमन्त्रित ख्यातिप्राप्त अथिति…

मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउने उद्धेश्यले आजबाट तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच…

प्रतिकृयाहरू
...