Monday 20th May 2024

क्याप्टेन विजय लामालाई वायु सेवा निगमको प्रवक्ताको जिम्मेवारीबाट हटाइयो


तितोपाटी – नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामा प्रवक्ता पदबाट पदमुक्त भएका छन् ।  विवादास्पद अभिब्यक्ती दिएको भन्दै वायु सेवा निगमका प्रवक्ता तथा क्याप्टेन विजय लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको हो ।

यसअघि लामाले वायुसेवा निगमको बोर्डिङ पास भएको जहाजको उडानमा रोक लगाएको विषयमा विवादास्पद अभिब्यक्ती दिएकाे विषयमा स्पष्टीकरण माग गरिएको थियो तर उनको जवाफ चित्तबुझ्दो नपाइएकाले प्राधिकरणले प्रवक्ताबाट हटाइएको निगमले जनाएको छ ।

निगमले दोहोरो जिम्मेवारीका कारण उडानमा प्रभाव परेको बताउँदै लामालाई प्रवक्ताबाट हटाएको हो । लामालाई प्रवक्ताको पदबाट नहटाइएसम्म जहाज उडानमा रोक लगाएपछि प्रवक्ताबाट पदमुक्त गरिएको हो ।

उनलाई केही दिन अघि विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण सोधिएको थियो । तर, उनको जवाफ चित्त बुझ्दो नभएको भन्दै प्राधिकरणले उनलाई प्रवक्ताबाट नहटाए लाइसेन्स निलम्बन हुने जानकारी दिएको थियो ।

प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले प्रवक्ताबाट नहटाएसम्म उडानमा रोक लगाउन भन्दै पत्र लेखिएको बताए । उनले निगमले लामालाई प्रवक्ताबाट पदमुक्त गरको पत्र प्राप्त भएकाले अब उडानमा रोक नलाग्ने जानकारी दिए ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...