Thursday 18th June 2026

क्याप्टेन विजय लामालाई वायु सेवा निगमको प्रवक्ताको जिम्मेवारीबाट हटाइयो


तितोपाटी – नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामा प्रवक्ता पदबाट पदमुक्त भएका छन् ।  विवादास्पद अभिब्यक्ती दिएको भन्दै वायु सेवा निगमका प्रवक्ता तथा क्याप्टेन विजय लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको हो ।

यसअघि लामाले वायुसेवा निगमको बोर्डिङ पास भएको जहाजको उडानमा रोक लगाएको विषयमा विवादास्पद अभिब्यक्ती दिएकाे विषयमा स्पष्टीकरण माग गरिएको थियो तर उनको जवाफ चित्तबुझ्दो नपाइएकाले प्राधिकरणले प्रवक्ताबाट हटाइएको निगमले जनाएको छ ।

निगमले दोहोरो जिम्मेवारीका कारण उडानमा प्रभाव परेको बताउँदै लामालाई प्रवक्ताबाट हटाएको हो । लामालाई प्रवक्ताको पदबाट नहटाइएसम्म जहाज उडानमा रोक लगाएपछि प्रवक्ताबाट पदमुक्त गरिएको हो ।

उनलाई केही दिन अघि विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण सोधिएको थियो । तर, उनको जवाफ चित्त बुझ्दो नभएको भन्दै प्राधिकरणले उनलाई प्रवक्ताबाट नहटाए लाइसेन्स निलम्बन हुने जानकारी दिएको थियो ।

प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले प्रवक्ताबाट नहटाएसम्म उडानमा रोक लगाउन भन्दै पत्र लेखिएको बताए । उनले निगमले लामालाई प्रवक्ताबाट पदमुक्त गरको पत्र प्राप्त भएकाले अब उडानमा रोक नलाग्ने जानकारी दिए ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...