Friday 24th April 2026
नेपालको समाचार
Image

तिताेपाटी – महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैधरूपमा सुन विदेश लैजाने क्रममा चारजनालाई पक्राउ गरेको छ । कार्यालयले विदेश लैजानका लागि अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ क्षेत्रबाट चितवनका सुनिल राउत, बाराका सन्दीप पटेल, मकवानपुरका अर्पण केसी र खोटाङका मनोज राईलाई सोमबार साँझ पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेकामध्ये राउत र…

Image

तिताेपाटी – मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको परकम्प गएको छ । बिहान ९ बजेर १ मिनेट जाँदा परकम्प गएको  र त्यसको धक्का काठमाडौँमा पनि महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो नयाँ भूकम्प नभई गोर्खा भूकम्पककै परकम्प भएको पनि केन्द्रले जनाएको छ । २०७२ वैशाख…

Image

तिताेपाटी – तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको दश महिना वितेको छ । दश महिनामा पनि नेकपाका आधा भन्दा वढि काम टुंगाउन वाँकीनै छन् । पार्टीले आकार नपाउँदै बरु नेकपामा एकपछि अर्को विवाद देखिएका छन् । जेठ ३ गते पार्टी एकताको घोषणा गर्दा नेताहरुले तीन महिनामा एकीकरणका वाँकी…

Image

तिताेपाटी - सरकारले प्रतिबन्ध लगाएको विद्रोही नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई राज्यविरुद्ध अपराध मुद्दामा कारबाही सुरु भएको छ । यस्तो मुद्दामा आजीवन कैद सजाय हुन सक्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – शुक्रबार पक्राउ परेका सो पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की (जीवन्त)लाई राज्यविरुद्ध अपराध कसुर मुद्दामा कारबाही अघि बढाइएको…

Image

तिताेपाटी -बिश्वकर्मा समाज बौदीकाली-२डेढगाउँ नवलपुरले बिधालय स्तरमा अध्यनरत १०जना बिद्यार्थीलाई शैक्षिक सहयोग सामाग्री बितरण गरेकोछ । समाजका अध्यक्ष बिर बहादुर बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बौदीकाली गाउँपालिका वार्डन.२ का वडाध्यक्ष बाल प्रसाद ठाडाले बोल्दै स्थापनाको छोटो समयमै बिश्वकर्मा समाजले गरेको उदाहरणिय सामाजिकको कामको प्रसंशा गर्दै समाजका लागि आफुले सस्थागतरुपमा…

Image

तिताेपाटी -पोखराको फेवातालमा डुबेर एक युवाको मृत्यु भएको छ । पोखराको गण्डकी मेडिकल कलेजमा एमबीबीएस चौंथो वर्षमा अध्ययनरत म्याग्दीको बेनी नगरपालिका अर्थुंगेका २४ वर्षीय शिशीर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले बताए । उनका अनुसार केसीको शवलाई तालबाट निकालेर पोस्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको…

Image

तिताेपाटी - पछिल्लो सन्तान हुर्कदै गरेको देख्दा झापाकी कविता (नाम परिर्वतन) को मन पटक्कै खुसी हुँदैन । बच्चाको अनुहार हेर्दै जाँदा जब विगत सम्झिन्छिन्, उनको तनाव झनै बढ्छ । आजको नागरिक दैनिकमा खबर छ – घरपरिवार र आफन्तले स्वीकृति नदिँदानदिँदै वैदेशिक रोजगारीमा गएकाले कतिपय बेला गल्ती गरिएको पनि लाग्छ उनलाई । वैदेशिक…

Image

तिताेपाटी - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको असर देशभर देखिएको छ । कडा सुरक्षा गरिएको संघीय राजधानी काठमाडौँमा बन्दको आंशिक प्रभाव परे पनि देशका अधिकांश भागमा बन्दले यातायात र बजार ठप्प भएका छन् । सरकारले आफ्ना गतिविधिमा प्रतिबन्ध लगाएसँगै विप्लवका कार्यकर्ताले बुधबार रातिदेखि नै राजधानीसहित देशका विभिन्न सहरमा…

Image

तिताेपाटी - विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कार्यकर्ता पक्राउको विरोधमा भोली नेपाल बन्दको घोषणा गरेको छ। नेता–कार्यकर्ताको गिरफ्तारी, झुठा मुद्दा, कपिलबस्तुमा भएको गोली काण्ड, रोल्पा, कपिलबस्तु, कालिकोटलगायतका जिल्लामा भएको अप्रेशनका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गर्दै यही फाल्गुन ३० गते आमहडताल सहित नेपाल बन्दको घोषणा गरेको जनाएको छ। -डिसी नेपाल

Image

तिताेपाटी — मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले विप्लव समूहका गतिविधिमाथि लगाइएको प्रतिबन्ध फिर्ता लिन सरकारसित माग गरेको छ । स्थायी समिति बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव वैद्यले नेकपा विप्लव समूहका नेता, कार्यकर्ताहरुलाई धरपकड तथा यातना दिने काम अबिलम्ब रोक्नसमेत माग गरेका छन् । 'राजनीतिक समस्याको समाधान राजनीतिक रुपमा गर्न, धरपकड…