Saturday 10th October 2026

८ वर्षीया छात्रालाइ याैन दुर्ब्यवहार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ


तितोपाटी – ललितपुरको फुर्के डाँडा प्राविका प्रधानाध्यापक राम नारायण यादवलाई प्रहरी पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त चापागाउँले कक्षा ३ मा अध्ययनरत ८ बर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेका आरोपमा पक्राउ गरेको हो।

ललितपुरको बाग्मती गाउँपालिकास्थित फुर्के डाँडा प्राविमा अध्ययनरत ती बालिकालाई प्रधानाध्यापक यादवले कक्षामा कोही नभएको मौका पारी यौन दुर्व्यवहार गरेको आरोप छ।

कक्षा ३ मा तीन जना विद्यार्थी अध्ययन गर्ने र जेठ १९ गते २ जना विद्यार्थी नआएको ती बालिका मात्रै पढ्न आएको बखतमा प्रधानाध्यापक यादवले दर्व्यवहार गरेको स्थानीय प्रहरी चौकीमा उजुरी परेको थियो।

स्थानीय प्रहरी चौकीले मिलाउने प्रयास गरेको भन्दै आफन्तहरुले चापागाउँ प्रहरी चौकीमा उजुरी गरेपछि यादवलाई पक्राउ गरी अहिले चापागाउँ ल्याइएको पीडितका आफन्तले बताएका छन्।


सम्बन्धित शीर्षकहरु

संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको…

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

प्रतिकृयाहरू
...