Wednesday 8th May 2024
नेपालको समाचार
Image

तितोपाटी-नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन कांग्रेसका नेता दोषी देखिए कारबाही गर्नुपर्ने बताएका छन्। ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा ल्याउने प्रकरणमा सभापति शेरबहादुर देउवा पनि मुछिएको समाचार आएपछि नेता सिंहले दोषी भए कारबाही हुनुपर्ने बताए। नेपाल प्रेस युनियन संखुवासभाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा…

Image

तितोपाटी- रविन्द्र मिश्र नेतृत्वको साझा विवेकशील पार्टीले नागरिकता सम्बन्धी बहसमा आफ्नो धारणा फेरि सार्वजनिक गरेको छ। नागरिकता सम्बन्धी बहसमा ध्यानाकर्षण भएको भन्दै साझा विवेकशीलले मंगलबार ९ बुँदे प्रेस विज्ञप्ति जारी गरेको छ। यसअघि उसले राष्ट्रिय हितलाई सर्वोपरि राखेर नागरिकता सम्बन्धी विधेयकमाथी संसोधन हुनुपर्ने भनेको थियो। नागरिकताको विषयलाई व्यक्तिभन्दा माथि राखेर देशको…

Image

तितोपाटी - नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामा प्रवक्ता पदबाट पदमुक्त भएका छन् ।  विवादास्पद अभिब्यक्ती दिएको भन्दै वायु सेवा निगमका प्रवक्ता तथा क्याप्टेन विजय लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको हो । यसअघि लामाले वायुसेवा निगमको बोर्डिङ पास भएको जहाजको उडानमा रोक लगाएको विषयमा विवादास्पद अभिब्यक्ती दिएकाे विषयमा स्पष्टीकरण माग गरिएको थियो तर…

Image

तितोपाटी - नेपाल र चीनबीच यातायात र पारवहन समझाैताको प्रोटोकलमा हस्ताक्षर भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भ्रमणका क्रममा सोमबार अपरान्ह बेइजिङस्थित जनवृहत सभाभवनमा चिनियाँ समकक्षी सी चिनफिङसँगको औपचारिक भेटपछि प्रोटोकलमा हस्ताक्षर भएको हो। दुवै देशका राष्ट्रपतिद्वय भण्डारी र सी को रोहबरमा सो प्रोटोकल सहित जम्मा ७ वटा सम्झाैतामा…

Image

तितोपाटी - पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर ७ मित्यालमा भएको जिप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । लु १ ज १९४१ नम्बरको जिप गुघुरीभीरमा जन्तीसहित दुर्घटना भएको हो । ६ जना जन्ती बोकेर गएको मध्ये ५ जनाको मृत्यु भएको खबर आफूले प्राप्त गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी कृष्णराज सापकोटाले…

Image

तितोपाटी - पश्चिम नवलपरासीमा एक १६ वर्षीया किशोरीलाइ पटक पटक बलात्कार गर्ने २६ वर्षीय युवकलाइ प्रहरीले पक्राउ गरेको छ । पूर्वी नवलपरासीको कावासोतीमा ती किशोरीलाइ बलात्कार गरेको आरोपमा प्रहरीले  पक्राउ गरेको हो । प्रहरीले कावासोती-११ लौखानी निवासी २६ वर्षीय आशाराम माझीलाई पक्राउ गरेको हो । आइतबार पक्राउ परेका आशारामले बालिकालाई नियमित…

Image

तितोपाटी - हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ। २ सय भन्दा बढी विरामी परेका छन्। हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण आज थप १ जनाको मृत्यु भएको छ। यो सहित ताँजाकोटमा मर्नेको संख्या १० पुगेको हो । आज मृत्यु…

Image

तितोपाटी- नेपाल पत्रकार महासंघले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर प्रेस स्वतन्त्रतामाथि हुने गरेका हस्तक्षेप रोक्न माग गरेको छ। महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा आइतबार विहान दाहाल र देउवा निवास पुगेर पत्रकार महासंघले १६ बुँदे ध्यानाकर्षण पत्र…

Image

रन्जिता भट्टराई - विपद् जोखिम न्यूनिकरण मूलप्रभावहिकरणको लागि सिरहाको कल्याणपुरमा दूई दिने जनप्रतिनिधिहरुलाई हालै तालिम दिइएको छ । युएसएडको सहयोगमा कल्याणपुर नगरपालिका र नेपाल रेडक्रस सोसाईटी सिरहाको आयोजनामा गरिएको सो तालिमा विपद् पूर्वतयारी र बाढी पूर्व सूचना प्रणाली सवलीकरणवारे विस्तृत्त जानकारी गराएका छन् । बाढी, कटान, डुबान जस्ता जोखिमबाट बाच्नको लागि…

Image

तितोपाटी- गृह मन्त्रालयले अंगीकृतका सन्तानलाई बंशजको नागरिकता दिनका लागि गरेको सर्कुलरविरुद्ध सर्वोच्च अदालतको नयाँ फैसला आएको छ । गृह मन्त्रालयको सकुर्लर अनुसार ‘कतिपयलाई’ नागरिकता वितरण नगर्नू भन्ने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासले शुक्रबार अन्तरिम आदेश दिएको हो । एक साता अघि मात्र न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले…