Monday 5th October 2026
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी - बुधबार पाकिस्तानमा २७२ सिटको लागि भएको आम निर्वाचनको मतगणना जारी रहेको छ । प्रारम्भिक मतगणनाबाट प्राप्त तथ्याङ्कलाई हेर्दा पूर्व क्रिकेटर इमरान खानको पार्टी तरिक–ए–इन्साफ(पीटीआई) सरकार बनाउने बाटोतर्फ अघि बढिरहेको देखिन्छ । पाकिस्तानी समाचारपत्र डनका अनुसार ४७% मतदान केन्द्रहरुको मत गणना भइसक्दा पीटीआई ११३ सिटमा अगाडि रहेको छ । त्यस्तै…

Image

तितोपाटी - जापानको टोक्योस्थित भूमिगत रेलमार्गलाई लक्ष्य गर्दै सन् १९९० मा सरिन ग्यास आक्रमण समेतका शृंखलाबद्ध अपराधका दोषीमध्ये थप ६ जनालाई बिहीबार मृत्यु दण्ड दिइएको छ । यस हत्यामा संलग्न १३ जना मध्येका सात जनालाई तीन साताअघि नै फाँसी दिइएको थियो । सन् १९९० मा भूमिगत रेलमार्गमा सरिन ग्यास आक्रमण गरी…

Image

तितोपाटी - मध्य बेइजिङस्थित अमेरिकी दूतावास नजिकै बम बिस्फोट भएको खबर छ । चीनको सरकारी समाचार माध्यम ग्लोबल टाइम्सका अनुसार स्थानीय बिहिबार करिब साढे १ बजे चीनको राजधानी बेइजिङमा रहेको अमेरिकी दूतावास नजिकै बिस्फोटको चर्को आवाज सुनेका हुन् । यद्यपी, घटनाको केही समय पछि नै दूतावासमा नियमित कामकारवाही सूचारु भइसकेको र…

Image

तितोपाटी - पाकिस्तानको बलोचिस्तान प्रान्तको क्वेट्टा शहरमा चुनाव चल्दै गर्दा भएको बम विस्फोटमा ३१ को मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् । मृत्यु हुनेमा पाँच जना प्रहरी तथा दुइ बालक प‍नि रहेकाे स्थानीय डन डट कमले जनाएकाे छ । मतदाताहरु पूर्व क्रिकेटर इमरान खान र पूर्व प्रधानमन्त्री नवाज शरिफको दलमा…

Image

तितोपाटी - ग्रिसको राजधानी एथेन्स नजिकैको पर्यटकीय क्षेत्र एट्टिकामा फैलिएको डढेलोले कम्तीमा ६० जनाको मृत्यु भएको छ । राजधानी एथेन्सको पूर्वमा पर्ने माटी गाउँको तटीय क्षेत्रमा आगलागी फैलिएको आगलागी एक दशकयताकै भीषण हो । उद्धारकर्मीहरुले बालबालिकासहित २६ शव एकअर्कालाई अँगालेको अवस्थामा फेला पारेको जनाएका छन् । उद्धार निकायहरुमा कतिपय मानिसले पटकपटक…

Image

तितोपाटी - सोमालियाको दक्षिणी क्षेत्रस्थित एक सैन्य शिविरमा इस्लामिक विद्रोहीले सोमबार भीषण आक्रमण गरेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार अल–सबाब विद्रोही समूहले गरेको आक्रमणमा परि कम्तीमा २७ सैनिको ज्यान गएको छ । बीबीसीका अनुसार विद्रोहीले बिहानको प्रार्थना गरिरहेका सैनिकमाथि आक्रमण गरी उनीहरूको ज्यान लिएको विद्रोही समूहले दाबी गरेको छ । एक सोमाली सैनिक अधिकारीले…

Image

तितोपाटी - ग्रिसको जंगलमा फैलिएको भीषण आगलागीमा परी कम्तीमा २० जनाको ज्यान गएको छ। राजधानी एथेन्स वरपरका जंगलमा फैलेकाे अागाेमा जलेर दर्जनौं घाइते भएका छन् भने १० जना पर्यटक हराइरहेका छन् । बीबीसीका अनुसार, मातीको समुद्री तटमा रहेका रिसोर्टमा कैयन फसेका छन् । आगो फैलन सक्ने खतरा भएका वस्तीका बासिन्दालाई सुरक्षित…

Image

तितोपाटी - अफगानिस्तानको राजधानी काबुलको अन्तर्राष्ट्रिय विमानस्थलनजिकै आइतबार एक आत्मघाती आक्रमण हुँदा विमानस्थलको प्रवेशद्वारमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २३ पुगेको स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ । यस आक्रमणमा परी एएफपी समाचार समितिका एक चालकको समेत मृत्यु भएको छ । यस आक्रमणमा परी अन्य १०७ जना घाइते भएका छन् । निर्वासनमा…

Image

तितोपाटी - मध्य र उत्तरभियतनाममा भारी वर्षापछि आएको बाढी र आँधीका कारण ठूलो जनधनको क्षति भएको बताइएको छ । बाढीमा परी कम्तीमा पनि दश व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् । त्यसैगरी सो आँधीका कारण अरु कैयौँ व्यक्ति हराएका छन् । दक्षिण पश्चिमी एसियाली यस राष्ट्रमा मौसमी बर्षा र…

Image

तितोपाटी - उत्तर र दक्षिण कोरियाबीच रेलसेवा सञ्चालनको प्रक्रिया शुरु हुने भएको छ। यस विषयमा उत्तर र दक्षिण कोरियाका अधिकारीबीच छलफल हुने भएको जनाइएको छ। रेल सेवा सञ्चालन गरी त्यो सेवा दुवै कोरियाको बाटो भएर कुद्नेगरी प्रक्रिया अघि बढाइने अनुमान गरिएको छ। यी दुवै कोरियालाई रेल सेवाले जोड्ने र आगामी दिनमा…