Thursday 30th July 2026

यमनमा कुपोषणको कारण ८५ हजार बालबालिकाको मृत्यु


तितोपाटी – यमनमा तीन वर्ष यता भएको द्वन्द्वका कारण कुपोषणमा परी ५ वर्ष मुनिका करिब ८५ हजार बालबालिकाको मृत्यु भएको हुन सक्ने एक प्रमुख दातृ संस्थाले बताएको छ। यो संख्या बेलायतको दोस्रो ठुलो सहर व्रिमिङ्हममा रहेका पाँच वर्ष मुनीका बालबाललिकाको बराबरी समेत हो।

गत महिनामात्रै संयुक्त राष्ट्रसंघले १ करोड ४० लाख यमन नागरिक चरम भोकमरीको मारमा रहेको बताएको थियो। सन् २०१५ देखि साउदी गठबन्धनले यमनमा रहेका विद्रोही समुह हाउथीलाई लक्षित गरी हवाई आक्रमण गर्दै आएपछि यमनको अवस्था नाजुक बन्दै गइरहेको छ। द्वन्द्वकै कारण त्यहाँका राष्ट्रपति अब्द्रबुह मन्सुर हादी देश छोडेर भाग्न वाध्य भएका थिए।

विश्वकै मानव नरसंहारको ठुलो द्वन्द्वका रुपमा हेरिएको अवस्थालाई अन्त्य गर्न वार्ताका प्रयासहरु जारी रहेका छन्। द्वन्द्वमा परी हालसम्म कम्तिमा ६ हजार ८ सय सर्वसाधारणको मृत्यु भइसकोको छ भने १० हजार ७ सय बढी घाइते भएका राष्ट्रसंघले बताएको छ। द्वन्द्व र बेलाबखतमा भइरहने नाकाबन्दीेले त्यहाँ रहेका २ करोड २० लाख मानिसलाई मानवीय सहायताको आवश्यकता रहेको बताइएकाे छ। यस्तै त्यहाँ रहेका १२ लाख मानिसमा कोलेरा रोगको संक्रमण देखिएकाे छ।


सम्बन्धित शीर्षकहरु

मानव सभ्यताले आकाशतर्फ हेर्दै आएको हजारौँ वर्ष भयो। ताराहरू, ग्रहहरू र ब्रह्माण्डका रहस्यहरू बुझ्ने हाम्रो खोज आज नयाँ चरणमा पुगेको…

भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको औपचारिक भ्रमणका लागि निमन्त्रणा पठाइसकेको पुष्टि गरेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले…

इजरायलका रक्षा मन्त्री Israel Katz ले टर्कीका राष्ट्रपति Recep Tayyip Erdoğan माथि सिरियामा आफ्नो प्रभाव विस्तार गर्ने क्रममा इजरायलको सुरक्षामा…

प्रतिकृयाहरू
...