Wednesday 21st October 2026

यमनमा कुपोषणको कारण ८५ हजार बालबालिकाको मृत्यु


तितोपाटी – यमनमा तीन वर्ष यता भएको द्वन्द्वका कारण कुपोषणमा परी ५ वर्ष मुनिका करिब ८५ हजार बालबालिकाको मृत्यु भएको हुन सक्ने एक प्रमुख दातृ संस्थाले बताएको छ। यो संख्या बेलायतको दोस्रो ठुलो सहर व्रिमिङ्हममा रहेका पाँच वर्ष मुनीका बालबाललिकाको बराबरी समेत हो।

गत महिनामात्रै संयुक्त राष्ट्रसंघले १ करोड ४० लाख यमन नागरिक चरम भोकमरीको मारमा रहेको बताएको थियो। सन् २०१५ देखि साउदी गठबन्धनले यमनमा रहेका विद्रोही समुह हाउथीलाई लक्षित गरी हवाई आक्रमण गर्दै आएपछि यमनको अवस्था नाजुक बन्दै गइरहेको छ। द्वन्द्वकै कारण त्यहाँका राष्ट्रपति अब्द्रबुह मन्सुर हादी देश छोडेर भाग्न वाध्य भएका थिए।

विश्वकै मानव नरसंहारको ठुलो द्वन्द्वका रुपमा हेरिएको अवस्थालाई अन्त्य गर्न वार्ताका प्रयासहरु जारी रहेका छन्। द्वन्द्वमा परी हालसम्म कम्तिमा ६ हजार ८ सय सर्वसाधारणको मृत्यु भइसकोको छ भने १० हजार ७ सय बढी घाइते भएका राष्ट्रसंघले बताएको छ। द्वन्द्व र बेलाबखतमा भइरहने नाकाबन्दीेले त्यहाँ रहेका २ करोड २० लाख मानिसलाई मानवीय सहायताको आवश्यकता रहेको बताइएकाे छ। यस्तै त्यहाँ रहेका १२ लाख मानिसमा कोलेरा रोगको संक्रमण देखिएकाे छ।


सम्बन्धित शीर्षकहरु

पश्चिम अफ्रिकी देश माली को पूर्वी मेनाका (Ménaka) क्षेत्रमा इस्लामिक स्टेट (आईएस) सँग सम्बद्ध उग्रवादी समूहले गरेको भीषण आक्रमणमा कम्तीमा…

अफ्रिकी मुलुक सुडानमा पछिल्ला केही दिनयता भएका ड्रोन आक्रमणहरूमा १६० भन्दा बढी मानिसको ज्यान गएको छ। चिकित्सक र मानवअधिकार समूहहरूले…

काठमाडौं महानगरपालिकाले नेपाली चलचित्र क्षेत्रको प्रवर्धन, स्थानीय रचनात्मक उद्योगको विकास र समुदायसँग चलचित्रलाई जोड्ने उद्देश्यसहित कात्तिक १३, १४ र १५…

प्रतिकृयाहरू
...