Thursday 14th May 2026

अफगानिस्तानको युद्ध अन्त्यको लागि अमेरिकाद्वारा पाकिस्तानसँग अाग्रह


तितोपाटी – अफगानिस्तान युद्ध अन्त्यका लागि वार्ताको पहल गरिदिन आग्रह गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पत्र पठाएका छन् । सोमवार पाकिस्तानी सूचनामन्त्री फवाद चौधरीले उक्त खुलासा गरेका हुन् । अफगानिस्तानमा १७ वर्षदेखि जारी द्वन्द्व अन्त्य गर्न शान्ति वार्तामार्फत प्रभावकारी कदम चाल्न पनि अमेरिकाले आह्वान गरेको छ । पत्रमा ट्रम्पले अफगानिस्तान समस्या समाधान गर्ने विषयलाई आफूले अत्यन्त महत्वपूर्ण रूपमा लिएको र प्राथमिकतामा पारेको पनि जानकारी दिएको बताइएको छ ।

‘यो कामका लागि पाकिस्तानले महत्वपूर्ण भूमिका र सहयोग गर्न सक्छ, त्यो अपेक्षा गरिएको छ’, ट्रम्पले पठाएको पत्रमा लेखिएको छ । ह्वाइट हाउसले अफगानिस्तानका तालिवान लडाकुलाई पाकिस्तानको आन्तरिक सेवा गुप्तचर निकाय र अन्य सैन्य निकायले सहयोग गर्दै आएको ठानेको छ । भारतलाई दबावमा पार्नका लागि पाकिस्तानले अफगानी तालिबान लडाकुलाई सहयोग गरेको अमेरिकी बुझाइ छ ।

यसैबिच अमेरिकी विशेषदूत जाल्मे खलिलजाद इस्लामाबाद आइपुगेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबान समस्या सुल्झाउन सहयोगको खोजी गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई पत्र लेखे लगत्तै विशेषदूत यहाँ आएका हुन्। अफगान युद्धको शान्तिपूर्ण समाधानको उपायको खोजी गर्ने सिलसिलामा अमेरिकी दूत खलिलजादले पाकिस्तानका अलावा अफगानिस्तान, रसिया, उज्बेकिस्तान, तुर्कमेनिस्तान, बेल्जियम, युनाइटेड अरब इमिरेट्स र कतारको भ्रमण गर्नेछन्।

संयुक्तराज्य अमेरिका र अफगानिस्तानले लामो समयदेखि तालिबानका गतिविधिमाथि नियन्त्रण नगरेको र आँखा चिम्लिएको आरोप लगाउँदै आएका छन्। तालिबानको नेतृत्व र उच्च कमान्डरहरु पाकिस्तानमा रहेको अमेरिकी आरोप छ।

इस्लामाबादले तालिबानलाई खासै संरक्षण नगरेको तर अफगानिस्तानको शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताएको छ।


सम्बन्धित शीर्षकहरु

नेपालको व्यस्त वसन्तकालीन आरोहण सिजन सुरु भएसँगै हिमाली क्षेत्रमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ। अधिकारीहरूका अनुसार Mount Makalu मा…

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

प्रतिकृयाहरू
...