Thursday 30th July 2026

कतार तेल उत्पादन गर्ने राष्ट्रहरूको संगठन(अोपेक)बाट अलगिंदै


तितोपाटी – कतारले ग्याँस उत्पादनमा आफ्नो क्षमता बढाउने लक्ष्यका साथ सन् २०१९ को शुरुमा तेल निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) बाट बाहिरिने भएको छ । कतारका इन्धनमन्त्री साद अल–कावीले सोमबार उक्त घोषणा गरेका छन् ।

उनले कतारको निर्णयलाई ‘प्राविधिक र रणनीतिक’ भएको बताउँदै यसको कतारलाई लगाइएको नाकाबन्दीसँग कुनै सम्बन्ध नरहेको पनि प्रस्ट पारे । ओपेकमा कतार सन् १९६१ देखि सदस्य बन्दै आएको थियो । पूर्व सहयोगी मित्रराष्ट्र साउदी अरबले विगत १८ महिनायता दोहालाई बहिष्कार गर्दै आएको अवस्थामा कतारको यो निर्णय आएको हो । कतारले सन् २०१९ को जनवरीदेखि लागू हुनेगरी ओपेकबाट छुट्टिने घोषणा गरेको हो । इन्धनमन्त्री कावीले दोहामा सोमबार बिहान पत्रकार सम्मेलन गरी उक्त सूचना सार्वजनिक गरेका हुन् ।

यद्यपि कतारको यो पछिल्लो निर्णय साउदी अरब वा यसका अन्य सहयोगी खाडी राष्ट्रसँग तनाव बढाउने उद्देश्यबाट प्रेरित भने नभएको मन्त्री कावीको भनाइ छ । मन्त्री कावीले कतारको निर्णयका बारेमा ओपेकलाई पूर्व जानकारी दिइएको बताए ।

कतारले तेल उत्पादनलाई निरन्तरता दिने र ल्याटिन अमेरिकी मुलुकको सबैभन्दा धेरै तेल आयात गर्ने मुलुक ब्राजिललगायतका देशहरूसँग सम्झौता गरेर अघि बढ्ने कावीले स्पष्ट पारेका छन् । यद्यपि उनले आगामी दिनमा कतारको प्रमुख प्राथमिकता ग्याँस उत्पादन गर्नुभएको चर्चा गरे । कतार ग्याँस आपूर्तिका हिसाबले विश्वको सबैभन्दा धेरै ग्याँस आपूर्ति गर्ने मुलुक हो । ‘हामीसँग तेलको त्यति ठूलो सम्भावना छैन । हामी यथार्थपरक हुनैपर्छ । हाम्रो क्षमता नै ग्याँस हो’, मन्त्री कावीले भने ।

कतारले हालको ग्याँस उत्पादनलाई सन् २०२४ सम्म प्रतिवर्ष ११ करोड टन ग्याँस उत्पादन गर्ने लक्ष्य लिएको बताउँदै ग्याँस आपूर्तिलाई विशेष महत्व दिने उनको कथन छ ।

कतारले प्रतिदिन ५ लाख ब्यारेल तेल उत्पादन गर्ने गरेको र यो कच्चा तेल उत्पादनका हिसाबले सत्रौँ ठूलो तेल उत्पादक राष्ट्र हो ।


सम्बन्धित शीर्षकहरु

मानव सभ्यताले आकाशतर्फ हेर्दै आएको हजारौँ वर्ष भयो। ताराहरू, ग्रहहरू र ब्रह्माण्डका रहस्यहरू बुझ्ने हाम्रो खोज आज नयाँ चरणमा पुगेको…

भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको औपचारिक भ्रमणका लागि निमन्त्रणा पठाइसकेको पुष्टि गरेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले…

इजरायलका रक्षा मन्त्री Israel Katz ले टर्कीका राष्ट्रपति Recep Tayyip Erdoğan माथि सिरियामा आफ्नो प्रभाव विस्तार गर्ने क्रममा इजरायलको सुरक्षामा…

प्रतिकृयाहरू
...