Saturday 20th June 2026
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी - श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसदको निलम्बन फुकुवा गरी सोमबारका लागि संसदको बैठक डाकेका छन्। अधिकारीहरुले दुई प्रधानमन्त्रीबीचको शक्ति सङ्घर्ष सुल्झाउन संसदको बैठकले मद्दत गर्ने विश्वास लिएका छन्। राष्ट्रपति सिरिसेनाले रनिल विक्रमासिङ्घेलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरी संसद निलम्बन गरेका थिए। संसद निलम्बन गरेसँगै राष्ट्रपतिले रनिल विक्रमासिङ्घेको सट्टामा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई…

Image

बीबीसी साउदी पत्रकार जमाल खसोग्गीको हत्या कसरी भएको थियो भन्नेबारे टर्कीले पहिलो पटक आधिकारिक बयान दिएको छ । टर्कीका अनुसार खसोग्गी दूतावास प्रवेश गरेलगत्तै उनको घाँटी थिचेर हत्या गरियो । अक्टोबर दुई तारिखमा इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूतावासमा भएको उक्त हत्याबारे थुप्रै हप्तासम्म मिडियामा विभिन्न अड्कलबाजीपछि टर्कीले यस्तो बयान दिएको…

Image

तितोपाटी - इटालीमा मङ्गलबार आएको आँधीमा परी मृत्यु हुनेको सङ्ख्या १० पुगेको नागरिक सुरक्षा अधिकारीहरूले जनाएका छन्। दक्षिणी तथा मध्य यूरोपका अधिकांश क्षेत्रमा खराब मौसमका कारण पर्यटक तथा यात्रुहरू हजारौँको सङ्ख्यामा बाटोमा अलपत्र परेका सञ्चारमाध्यमले जनाएका छन्। हिमबर्षाका कारण यात्रामा हिँडेका सवारी चालक तथा यात्रुहरूले गाडीभित्रै सुतेर रात विताएका छन्। आँधीका कारण रूख ढलेर…

Image

तितोपाटी - भारतले प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रदेश गुजरातमा सरदार वल्लभ भाइ पटेलको विश्वकै सबैभन्दा अग्लो मूर्ति निर्माण गरेको छ। १८२ मिटर अग्लो 'स्टाच्यु अफ युनिटी' को निर्माणमा भारतले २९ अर्ब ८९ करोड (४७ अर्ब ५० करोड नेपाली रुपैयाँ) खर्च गरेको हो । यो मूर्तिको प्रम मोदीले बुधबार एक कार्यक्रमबीच अनावरण गरेको…

Image

तितोपाटी -  फ्रान्सको उत्तरपूर्वी तथा मध्यदक्षिणी क्षेत्रमा मंगलबार रातभर व्यापक हिमवर्षा भएको छ । हिम वर्षाका कारण देशका विभिन्न भागमा विद्युत आपूर्ति तथा सडक यातायातमा समस्या भएको छ । सडकमा एक्कासि परेको हिउँका कारण हजारौँ गाडीहरू बाटामै अलपत्र परेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हिम वर्षाका कारण यात्रामा हिँडेका सवारी चालक तथा यात्रुहरूले गाडीभित्रै…

Image

तिताेपाटी - अफगानिस्तानको राजधानी काबुलस्थित सबैभन्दा ठूलो कारागारमा कार्यरत कर्मचारी बोकेको बसमा लक्षित गरी आत्मघाती आक्रमण हुँदा सात जना मारिएको अधिकारीहरुले बताएका छन् । प्रहरी प्रवक्ता बासिर मुजाहिदले आक्रमणबाट अरु पाँच जना घाइते भएको बताए । उक्त बसमा काबुलको पुल–ए–चार्खी कारागारमा कार्यरत कर्मचारी थिए । अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता नजिब…

Image

तिताेपाटी -बेलायतका वित्त प्रमुखले गुगल, फेसबुक र अमाजन डट कमजस्ता विशाल प्रबिधि कम्पनीहरूलाई लक्षित गरी डिजिटल सेवामा कर लगाउने प्रस्ताव गरेका छन् । डिजिटल युगमा संगठित कम्पनी कर प्रणालीको आवश्यकतामाथि व्याख्या गर्दै बेलायती राज्यकोष प्रमुख फिलिप ह्यामण्डले उक्त प्रस्ताव गरेका हुन् । आर्थिक नियमले परिवर्तित व्यवसायिक विकल्पहरूलाई संगठित गर्ने बताउँदै…

Image

तितोपाटी - ब्राजिलमा आइतबार भएको राष्ट्रपतीय चुनावमा उग्र–दक्षिणपन्थी उम्मेदवार जैर बोल्सोनारो विजयी भएका छन् ।बोल्सोनारो ५५ दशमलब २ प्रतिशत मतसहित विजयी भएका हुन्  । उनका प्रतिद्वन्द्वी वामपन्थी वर्कर्स पार्टीका फर्नान्डो हडाडले करिब ४५ प्रतिशत मत प्राप्त गरे । चुनावी अभियानका क्रममा बोल्सोनारोले अपराधको दर घटाउने तथा देशमा व्याप्त भ्रष्टाचार निर्मूल पार्ने प्रतिबद्धता जनाएका थिए । चुनावी…

Image

तितोपाटी - बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री एवं प्रतिपक्षी दलकी नेतृ खालिदा जियामाथि भ्रष्टाचारको आरोपमा थप सात वर्षको जेल सजाय तोकेको छ। खालिदा जियाका समर्थकले अदालतको उक्त आदेश राजनीतिक प्रेरित रहेको आरोप लगाएका छन् । अदालतको उक्त आदेश आएलगत्तै प्रहरी र मुख्य विपक्षी बंगालादेश नेस्नालिस्ट पार्टी (बिएनपी)का कार्यकर्ताबीच झडप भएको छ । ७३…

Image

बीबीसी एक सय ९० यात्रु सवार लायन एयर फ्लाइट जेटी ६१० विमान इन्डोनेशियाको जकार्ताबाट सोमबार उडेको केही क्षणमै समुन्द्रमा दुर्घटनाग्रस्त भयो । बोइङ ७३७ म्याक्स एट बिल्कुलै नयाँ हुँदा हुँदै पनि कसरी दुर्घटनाग्रस्त भयो भन्ने कुरामा अहिले थुप्रैको ध्यान केन्द्रीत छ । विमान दुर्घटनाको पूर्ण अनुसन्धान नहुञ्जेल यसबारे ठोस् कारण…