Monday 24th August 2026

कुवेतका राजा सवा अल अहमद अल जावेर अल सवाको निधन


तितोपाटी- कुवेतका राजा सवा अल अहमद अल जावेर अल सवाको निधन भएको छ । ९१ वर्षीय राजा सवा अल अहमद अल जाबेर अल सवाको अमेरिकास्थित अस्पतालमा निधन भएको हो ।

शेख सवालाई आधुनिक कुवेतको विदेश नीतिका जन्मदाता मानिन्छ । उनी सन् १९६३ देखि २००३ सम्म करिब ४० वर्ष कुवेतका विदेशमन्त्री भएका थिए । त्यसपछि उनी प्रधानमन्त्री भए । सन् २००६ मा उनी कुवेतका अमिर (राजा) बनेका थिए ।

सवा अल अहमद अल जबर अल सवाह जीसीबी कुवेतको अमीर र कुवेत सैन्य बलको कमान्डर हो । उनले २९ जनवरी २००६ मा   पाँचौं राजाको रुपमा शपथ लिएका थिए । उनी शेख अहमद अल जाबेर अल सवाका चौथो छोरा हुन् ।

कुवेत सरकारले आमिरको निधनपछि ४० दिने शोकको घोषणा गर्दै सरकारी कार्यालयहरू ३ दिनका लागि बन्द रहनेछ र झण्डा आधा झुकाउने निर्णय गरेको छ।

२०१९ अगष्टमा बिरामी परेका उनलाई जुलाई २०२० मा उनलाई एक शल्यक्रियालगत्तै अमेरिकी सैन्य विमानमा राखेर अमेरिका पुर्‍याइएको थियो । तर, के बिरामी भन्ने खुलाइएको थिएन।

उनी नहुँदा उनका सौतेनी भाइ ८३ वर्षीय युवराज नवाफ अल अहमद अल सबाले सत्ता सम्हालेका थिए । एजेन्सी


सम्बन्धित शीर्षकहरु

इजरायलले स्विडेनका युरोपेली संसद् (MEP) का दुई सदस्य जोनास स्योस्टेड्ट (Jonas Sjöstedt) र हाना गेडिन (Hanna Gedin) लाई देश प्रवेशमा…

टर्की र इजरायलबीच तनाव बढिरहेका बेला इरानबाट टर्कीको पक्षमा कडा चेतावनी आएको छ। इरानी राजनीतिक विश्लेषक सैयद मोहम्मद मरान्दीले इजरायलले…

कुवेतमा दुई महिनादेखि बेपत्ता रहेकी फिलिपिनो घरेलु कामदार डाफ्नी नाकालाबानको शव रोजगारदाताको घरपछाडिको क्षेत्रमा फेला परेको छ। उनको शव कुहिएको…

प्रतिकृयाहरू
...