Tuesday 23rd December 2025
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी- समाजवादी र साम्यवादीहरुलाई अमेरिका छाड्न चुनौति दिँदै गरेको ट्वीटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः विवादमा परेका छन् । उनले खुला सिमानाको पक्षमा बोल्ने डेमोक्रेटिक पार्टीप्रति समेत एकसाथ प्रहार गरेका छन् । ट्रम्पले मंगलबार एकसाथ तीन पटक ट्वीट गर्दै अमेरिका कहिल्यै पनि समाजवादी र कम्युनिस्ट हुन नसक्ने बताएका छन् ।उनले…

Image

तितोपाटी - यस पटकको विश्वकप क्रकेटको उपाधि इङ्गल्याण्डले चुमेको छ । इङ्गल्याण्ड र न्यूजिल्याण्ड बिच अाज भएको फाइनल खेलमा निर्धारित ५० ओभर र सुपर ओभरमा पनि बराबरी भएपछि इंग्ल्याण्डले बाउण्ड्रीको आधारमा विश्वकप क्रिकेटको उपाधि हात पारेको हो। रोमाञ्चक फाइनलको निर्धारित ५० ओभर र सुपर ओभरमा दुबै टोलीले समान रन बनाएको थियो ।…

Image

तितोपाटी - अमेरिकामा शनिबार आँधी सँगै वर्षा भइ बाढी पहिरो आएपछि बाढीले डुबाएर जनजीवन प्रभावित भएको सिन्ह्वाले जनाएको छ । तीब्र गतिको आँधीसँगै आएको बाढी र पहिरोमा परी अमेरिकाको पूर्वी शहरहरुमा हजारौँ प्रभावित भएका छन् ।  शनिबार मध्यान्हतिर आएको बेरी नामक सो आँधीपछि लुजियाना राज्यको इन्ट्राकोस्टल सहरमा पहिरो गएको अधिकारीहरुले…

Image

तितोपाटी - इन्डोनेसियाको पूर्वी मालुकु द्वीपलाई केन्द्रविन्दु बनाएर आइतबार ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ केन्द्रका अनुसार भूकम्प निकै शक्तिशाली भए पनि सुनामीको चेतावनी दिइएको छैन । स्थानीय समय अनुसार अपराह्न ६.२८ बजे उत्तर मालुकु प्रान्तको टर्नेट नगरबाट करिब १६५ किलोमिटर टाढा भूकम्प गएकाले जनधनको क्षतिको विवरण आउन बाँकी…

Image

तितोपाटी - पपुवा न्युगिनीमा आदिवासी समुदायबीच भड्किएको परस्पर हिंसाका कारण २४ जनाको मृत्यु भएको छ। मृत्यु भएकामा दुई जना गर्भवती महिलासमेत रहेको प्रहरीले जनाएको छ। हिंसामा ठूलो संख्यामा आदिवासी समुदायका मानिसको हत्या भएपछि प्रधानमन्त्री जेम्स मारापेले दोषीमाथि कडा कानुनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। पपुवा न्युगिनीको पश्चिमी क्षेत्रमा रहेको हेला…

Image

तितोपाटी - पाकिस्तानमा बिहीबार बिहानै दुईवटा रेल एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ६० जनाभन्दा बढी घाइते भएका छन्। पाकिस्तानी रेल अधिकारीहरुका अनुसार पंजाब प्रान्तको रहिम यार खानमा दुईवटा रेल जुधेका थिए। प्रहरीका अनुसार लाहोरबाट आइरहेको यात्रुबाहक रेल र चौबाटो (क्रसिङ) मा रोकिराखेको सामान ढुवानी गर्ने रेल एकआपसमा…

Image

तितोपाटी - सुरक्षा फौजको कारबाहीमा परी अफगानिस्तानमा २० भन्दा बढी विद्रोही लडाकु मारिएका छन्।  देशको उत्तरी कुन्दुज प्रान्तमा हवाई आक्रमण र स्थलमार्गमार्फत भएको आक्रमणमा परी ती तालिबान लडाकु मारिएका हुन्। सेनाका एक जना प्रवक्ता गुलाम हर्जात कारिमीले बुधबार दिएको जानकारीअनुसार मंगलबार राति अबेर आक्रमण भएको हो। उनले इमाम सहिब जिल्लाको क्युर्घाम…

Image

तितोपाटी - पप गायिका टेलर स्विफ्ट संसारकै सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रिटी बनेकी छिन् । फेर्ब्सले जारी गरेको सबैभन्दा धेरै कमाउने सेलिब्रिटीको सूचीमा उनको नाम शीर्ष स्थानमा छ । २९ वर्षे गायिका १८५ मिलियन डलरसहित सबैभन्दा धेरै कमाउने सेलिब्रिटीको शीर्ष स्थानमा परेकी हुन् । उनीपछि ब्युटी ब्रान्डकी मालिक काइली जेनर…

Image

तितोपाटी - आदिवासीबीच हिंसा भड्किएपछि  पपुवा न्युगिनीको हेला प्रान्तमा कम्तिमा १५ जना महिला र बालबालिकाको नरसंहार गरिएको छ । करिब ८ सय जना बसोबास गर्ने कारिडा गाउँमा सोमबार बिहान आक्रमण गरिएको थियो । घटनाको समय गाउँमा रहेका कारिडाको हेल्थ सेन्टरका अफिसर इन चार्ज फिलिप पिमुवाले द गार्जियनसँग कुरा गर्दै घटनामा १६…

Image

तितोपाटी - विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानास्थित एक अदालतले साउदी गठबन्धनका निम्ति जासुसी गरेको आरोपमा ३० जनालाई मृत्युदण्डको फैसला गरेको छ । मृत्युदण्डको सजाय सुनाइएकाहरुमा इस्लाहा पार्टीसँग आबद्ध रहेका प्राज्ञहरु,प्राध्यापकहरु र विद्यार्थी रहेका छन् । यमनमा यो समूहलाई मुस्लिम ब्रदरहुडको नामले चिनिन्छ । यी व्यक्तिलाई सन् २०१६ मा हुथी विद्रोहीको सुरक्षा…