Sunday 18th October 2026

चिनिया राष्ट्रपति सी जिन पिङले अक्टोबर १२-१३ मा नेपालको २ दिने राजकीय भ्रमण गर्ने


तितोपाटी – चिनिया राष्ट्रपति सी जिन पिङले यहि अक्टोबर १२-१३ मा नेपालको २ दिने राजकीय भ्रमण गर्ने भएका छन् । राष्ट्रमति सी सिधै नेपाल नआएर ११ तारिक शुक्रबार भारत भ्रमण गरि भारत हुँदै १२ नेपालको राजकीय भ्रमणमा आउने भएका हुन् ।
यसअघि नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले चीनको राजकीय भ्रमण गरेको र नेपालको राष्ट्रपतिको निम्तो स्वीकारेर चिनियाँ राष्ट्रपतिले आगामी शनिबार गर्ने  भएका हुन । सीको भ्रमणमा क्रममा केही दुई पक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने परराष्ट्रले जनाएको छ। २३ वर्षपछि हुन लागेको चिनिया राष्ट्रप्रमुखको नेपाल भ्रमण राष्ट्रपति सी को पहिलो कार्यकालमा नभएर दोश्रो कार्यकालमा हुन लागेको हो ।सन् १९९६ मा जियाङ जेमिनले नेपालको भ्रमण गरेपछि चीनबाट यो स्तरको भ्रमण भएको थिएन।
बुधबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले जनाएअनुसार नेपालमा रहँदा सीले राष्ट्रपति भण्डारीसँग दुई पक्षीय भेटवार्ता गर्नेछन्। त्यस्तै सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच पनि औपचारिक भेटवार्ता हुनेछ।
नेपालमा रहँदा सीले अन्य राजनीतिक दलका नेताहरूसँग पनि भेट्ने कार्यक्रम छ। उनी अक्टोबर १३ तारिक आइतबार स्वदेश फर्कनेछन्। सन् २०१३ मा चीनका राष्ट्रपति बनेका सी राष्ट्रपतिका रूपमा पहिलो पटक नेपाल आउन लागेका हुन्।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी…

भारतमा उपग्रहमा आधारित इन्टरनेट सेवा सुरु गर्ने विषयलाई लिएर विश्वका दुई ठूला व्यवसायिक समूहबीच सार्वजनिक बहस चर्किएको छ। एलन मस्कको…

प्रतिकृयाहरू
...