Tuesday 28th May 2024

एनआएनएको नवाैं विश्व सम्मेलनका अध्यक्षको प्रत्यासी कुल आचार्य कुवेतमा


तितोपाटी- गैरआवासीय नेपली संघ (एनआरएनए० राष्ट्रिय समन्वय समिति (एनसिसी) कुवेतको भेटघाट तथा छलफल कार्यक्रम आज कुवेतको द्वाही प्यालेसमा हुँदैछ । उक्त कार्यक्रमका लागी एनआरएनए आईसीसीबाट बिभिन्न देशहरू बाट नेताहरुको उपस्थित रहेको एनआरएनए कुवेतका अध्यक्ष सूजन केसिले बताए ।

सोही छलफल कार्यक्रममा एन आर एन एका वर्तमान उपाध्यक्ष तथा, नवौ बिश्वसम्मेलनका भाविय अध्यक्ष कुल प्रसाद आचार्य, त्यस्तै दुबई बाट आइ सि सि सदस्य मजोन गोर्खाली लाई एन आर एन ए, कुवेतले कुवेतको अन्तराष्ट्रीय विमानस्थलमा भव्य स्वागत गरेको छ।

डेढ दशक भन्दा लामो समयदेखि कुवेतमा रहेर धेरै अनुभवसमेत बटुलेका केसीले संस्थाभित्र रहेर काम गर्दाको अनुभव र भोगाइबाट संस्थालाई थप गतिशील बनाउन लिइएको लक्ष्य र आफ्ना कामको सूचीहरुलाई अघि बढाउने बताएका छन् । त्यस्तै प्रवासमा भावनात्मक तथा एकताको मार्गमा सँगै अगाडि बढ्नु पर्छ भन्ने चाहना राख्दै सबै तह र तप्काका व्यक्तिहरूसँग समन्वय गरी संस्थालाई एक दरिलो खम्बा बनाउने बताए।


सम्बन्धित शीर्षकहरु

पपुवा न्यु गिनीमा सिंगै गाउँमा पहिरो खस्दा त्यहाँ बसोबास गर्ने हजाराै मानिस पुरिएको खबर छ । पपुवा न्यू गिनीमा शुक्रबार…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

चक्रवात रामलले गति लिएपछि बंगलादेशको तटीय क्षेत्रसँग जोडिएका धेरै गाउँहरू खाली गरिँदै छन्। हजारौं मानिसहरु सुरक्षित स्थानको खोजीमा गाउँमा घरबार…

प्रतिकृयाहरू
...