Sunday 5th July 2026

लण्डनमा एउटै ट्रकभित्र ३९ जना मानिस मृत फेला परे


तितोपाटी – बेलायतको राजधानी लण्डन नजिकैको औद्योगिक पार्कमा रहेको एक ट्रकभित्र ३९ व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले बुधबार जानकारी गराएको छ। प्रारम्भिक अनुसन्धानपछि उक्त ट्रक बुल्गेरियाबाट बेलायत आएको उल्लेख गरिएको छ।

ऐक्स प्रहरीका अनुसार लण्डनबाट पूर्वमा रहेको ग्रेजको पार्कमा भेटिएका सबै व्यक्तिलाई सोहीस्थलमा मृत घोषित गरिएको थियो। मृतकहरूमा ३८ जना बयस्क र एक किशोर रहेको प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख छ।

घटनामा सम्लग्नता रहेको आरोपमा २५ बर्षीय उत्तरी आयरल्याण्डका यूवकलाई प्रहरीले पक्राउ गरेको छ। एसेक्स प्रहरीका प्रहरी प्रमुख सुपरिक्षक एन्ड्रु मारिनरले एक विज्ञप्ति जारी गरी घटनाबारे भनेका छन्, ‘यो निकै दुःखद घटना हो जसमा एकै स्थलमा ३९ व्यक्तिको मृत शरीर उद्धार गरिएको छ।’

‘घटनाबारे वास्तविकता खोज्न अनुसन्धान सुरू भइसकेको छ।’ प्रहरीका अनुसार घटनाबारे स्थानीय एम्बुलेन्सले आफूहरूलाई बिहान १ बजेर ४० मिनेटमा जानकारी गराएको र प्रहरी तत्काल उक्त स्थानमा पुगेको थियो।

मारिनरले भने, ‘हामीले मृतकको परिचय खुल्नेगरी अनुसन्धान प्रक्रियालाई अघि बढाएका छौ। तर यो केही लामो हुनसक्नेछ।’ प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा गाडी बुल्गेरियाबाट आएको विश्वास गरिएको छ।

उत्तरपश्चिमी राज्य वेल्स जानका लागि ट्रक शनिबार बेलायती भूमिमा प्रवेश गरेको विश्वास गरिएको छ। प्रहरीले ट्रक (लरी) चालकलाई सुरक्षा नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ, मारिनरले बताए।
-एएफपी


सम्बन्धित शीर्षकहरु

वाशिङ्टन डीसी। पृथ्वीको कक्षाबाट क्रमशः तल झर्दै गएको अन्तरिक्ष दूरबिनलाई जोगाउने उद्देश्यले अमेरिकी अन्तरिक्ष एजेन्सी NASA ले नयाँ रोबोटिक उद्धार…

7 भूमिका मानव सभ्यताको इतिहासलाई हेर्दा प्रत्येक युगलाई कुनै न कुनै आविष्कारले परिभाषित गरेको पाइन्छ। आगोको आविष्कारले मानवलाई प्रकृतिमाथि विजय…

तेहरान, असार १९ (एजेन्सी): अमेरिका–इजरायलको संयुक्त सैन्य आक्रमणमा करिब चार महिनाअघि मारिएका इरानका पूर्व सर्वोच्च नेता Ayatollah Ali Khamenei लाई…

प्रतिकृयाहरू
...