Sunday 18th October 2026

एनआरएनए अध्यक्ष पदका प्रत्यासीको कुवेत दाैडाहा, लाखाैं सहयोगको बचनबद्धता


तितोपाटी – गैरआवासीय नेपाली संघका वर्तमान केन्द्रीय उपाध्यक्ष कुल आचार्य संघको नवौं विश्व सम्मेलन नजिकिंदै गर्दा हिँजो २६ सेप्टेम्बर २०१९ बिहिबार बिहान ६ बजे कुवेत आइपुगे भने आज बिहानै कुवेतबाट फर्किइ सकेका छन् । आगामी २०१९-२०२१ कार्यकालको लागि केन्द्रिय अध्यक्ष पदको उम्मेदवारी घोषणा गरे लगत्तै बेलायतबाट कुवेत दाैडाहामा आएका अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले एनसीसी कुवेतले संचालनमा ल्याएको राहत कोषमा ब्यक्तिगत रूपमै लाखाैं सहयोगको प्रतिवद्धता समेत जनाएर फर्किएका छन् ।

केन्द्रिय उपाध्यक्ष कुल आचार्य साथै एनआरएनए दुबईका आइसिसी सदस्य तथा मध्यपूर्व संयोजक पदका प्रत्यासी मनोज गोर्खाली आकस्मिक रूपमा कुवेत आएपनि एनआरएनए कुवेतले स्वागतका साथ हिँजै साँझ भेटघाट तथा रात्रिभोज कार्यक्रमको आयोजना गर्यो । एनसीसी कुवेतको इतिहासमा एनआरएनएको अधिवेशनलाइ लक्षित गरि गरिएको संघको उच्च ओहदाको केन्द्रिय पदाधिकारीको कुवेत भ्रमण यो नै पहिलो हो ।

भेटघाट तथा छलफल कार्यक्रममा कुवेतमा कृयाशिल विभिन्न संघ संस्थाका प्रतिनीधि तथा पत्रकारहरूको उपस्थिति रहेको थियो भने वक्ताहरूले उक्त अवसरमा वैदेशिक रोजगारीमा रहेका आप्रवासी नेपाली श्रमिकका समस्या र उनीहरूको सामाजिक सुरक्षाको लागि गैरआवासीय नेपाली संघले त्यति चासो नदिएको, मध्यपुर्वका नेपालीहरूलाइ भोट बैंकको रूपमा मात्रै प्रयोग गरिएको र उपेक्षा गरिएको राजनीतिक पार्टीले एनआरएनलाइ गलत बाटोमा लैजाँदै गरेको आरोप लगाए ।

केन्द्रिय उपाध्यक्षले छलफलमा बोल्दै आफु स्वयं साधारण श्रमिकबाट संघर्ष गरेर उठेकोले  अहिलेसम्म जानेर कुनै पनि श्रमिकको विपक्षमा नगएको,  गैरआवासीय नेपाली संघ जस्तो पवित्र र साझा संस्थामा श्रमिक हक र हितकै लागि भनि आफु लागि पर्दै योगदान दिंदै आएको, युरोप अमेरिकाका हुन वा मध्यपुर्वका श्रमिकहरू हुन आफुले श्रमिकहरूको समस्यालाइ राम्रोसँग बुझेको बताउँदै श्रमिकहरूको पक्षमा काम गर्नकै लागि आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारि दिएको बताउँदै ब्यक्तिगत स्वार्थ भन्दा पनि संस्थागत हितमा कार्य गर्ने बताउँदै पदमा रहे पनि नरहेपनि अनबरत श्रमिक हितकै लागी च्यारिटेबल कार्यहरू गर्ने बताउँदै नवाैं विश्व सम्मेलनमा कुवतवासी नेपालीहरूलाइ नेपालमा आउन निम्तो दिंदै सम्मेलनमा भाग लिइ आँफुलाइ अत्याधिक बहुमतले विजयी बनाउन अनुरोध गरे । एनसीसी कुवेतले राहत कोष संचालन गरेको प्रति खुशी व्यक्त गर्दै उक्त राहत कोषका लागि व्यक्तिगत रूपमा ३ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने बचनबद्धता ब्यक्त गरे भने आफु अध्यक्ष पदमा निर्वाचित भएमा यो सहयोगलाइ दोब्बर बनाउने घोषणा पनि गरे । राहत कोषका लागि एनआरएनए दुबईका आइसिसी सदस्य तथा मध्यपूर्व संयोजक पदका प्रत्यासी मनोज गोर्खालीले पनि आफ्नो तर्फबाट थप १ लाख रुपैयाँ दिने घोषणा गरे।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी…

भारतमा उपग्रहमा आधारित इन्टरनेट सेवा सुरु गर्ने विषयलाई लिएर विश्वका दुई ठूला व्यवसायिक समूहबीच सार्वजनिक बहस चर्किएको छ। एलन मस्कको…

प्रतिकृयाहरू
...