Sunday 18th October 2026

जजिरा एयरवेजले नोभेम्बर १७ देखि कुबेतबाट काठमाडौंका लागि उडान भर्ने


तितोपाटी-नेपालीहरुको लागि बैदेशिक रोजगारीको मूल गन्तब्य कुवेत बन्दै गएको छ । यहाँको कम्पनी र पारिश्रमिकका कारण नेपालीहरु कुवेत तर्फ आर्कषित भैरहेका छन् । यही बीच खाडी मुलुक कुबेतस्थित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी जजिरा एयरवेजले नेपाल उडान गर्ने भएको छ  कुवेतबाट नेपाल जाने र नेपालबाट कुवेत फर्किने यात्रुहरुलाई लक्ष्ति गर्दै जजिराले कुवेतबाट नेपालको नयाँ सेवा शुरु गर्दैछ । यसले प्रत्यक्ष रुपमा नेपालीहरुलाई फाइदा पुग्ने आशा गरिएको छ ।त्यसोत, कुवेती जनतालाई नेपालमा पर्यटकका रुपमा ल्याउँने उदेश्यलाई समेत मूल बताएको छ ।
जजिराले आगामी आगामी (मंसिर १, २०७६ – १७ नोवेम्बेर , २०१९, आइतवार) देखि कुबेतबाट काठमाडौंका लागि साताको चार उडान गर्ने भएको छ। नेपालको उडान व्यवस्थापन सम्हाल्न जजिराले सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेस प्रालिलाई ‘जनरल सेल्स एजेन्ट’ (जिएसए) नियुक्त गरेको छ। काठमाडौंबाट कुबेतको हवाई उडान दुरी करिब साढे चार घण्टा छ।
जजिराले नेपाल उडानका लागि युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित ‘ए३२०-२००’ सिरिजको जहाज प्रयोग गर्ने जनाएको छ। १ सय ६० हाराहारी सिट रहेको उक्त जहाजमा बिजनेस र इकोनोमी दुवै क्लास सिट छन्। यही बीच नेपालबाट सिधा कुवेत सम्म पु¥याउने एयरलाइन्सले ‘हवाई भाडा दर अहिले सार्वजनिक नगरिएता पनि,यात्रुलाई उत्कृष्ट सेवासहित प्रतिस्पर्धी भाडा दरमा उडान सुविधा दिने बताएका छन्। सन् २००४ मा स्थापना भएको जजिरा एयरवेजले हाल १० थान ए३२० जहाजबाट मध्यपूर्वका १७ गन्तव्यमा उडान गरिरहेको छ। जजिरा कुबेत अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा, दुबई, दम्माम, रियाध, जेद्दाह र लन्डनसम्म गइरहेको छ।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी…

भारतमा उपग्रहमा आधारित इन्टरनेट सेवा सुरु गर्ने विषयलाई लिएर विश्वका दुई ठूला व्यवसायिक समूहबीच सार्वजनिक बहस चर्किएको छ। एलन मस्कको…

प्रतिकृयाहरू
...