Sunday 19th May 2024

मध्यपूर्वका राजा राजेन्द्र


तोयानाथ उपेक्षित – मध्यपूर्वका आशा लाग्दो युवा हुन राजेन्द्र शर्मा अर्थात आर के शर्मा । उनी मध्यपूर्वका प्रायः सवै देशका भ्रमण गर्ने मध्येका एक एनआरएनका नेता पनि हुन । आर के शर्मा को विगत मध्यपूर्वमा रोजगारीका लागि प्रवासिएका लाखौ नेपाली युवाको जस्तै थियो । एक सामान्य एकाउन्टेन्टबाट प्रवासमा नोकरी शुरु गरेका उनी अहिले आफ्नै कम्पनीका मालिक हुन । उनको पिजन ईन्जिनियरिङ कम्पनीले सयौ कतारमा सयौ नेपालीहरुलाई रोजगारी दिएको छ । यसो त उनी कतारमा मात्र सिमित छैनन । नेपाल देखि युरोप सम्म उनले विभिन्न कम्पनीमा हात हालिसकेका छन । उदाउदो आर्थिक भविश्य सँगै उनको सामाजिक कद पनि उसरी नै बढेको छ । एनसीसी कतार देखि मध्यपूर्वको एनआरएनको क्षेत्रिय समितीको नेतृत्व उनले सम्हालेका छन ।

खाडीका मजदुरको समस्या राम्ररी बुझेका राजेन्द्र मालिकका समस्या के हुन्छन भनेर पनि जान्दछन । व्यवशायीका कथा र मजदुरीका व्यथालाई तलदेखि माथिसम्म बुझ्न सक्ने उनलाई मध्यपूर्वमा कसैले पढाई रहन पर्दैन । राजनैतिक, सामाजिक, व्यवशायीक र मजदुरीको सवै ज्ञान भएका एक्ला यस्ता पात्र जसलाई मध्यपूर्वले एनआरएनको नेतृत्व जिम्मा दिई सकेको छ । अव उनले सिंगो विश्वलाई नेतृत्व दिन अक्टुबरको दोश्रो सातामा काठमाण्डौमा हुने महाकुम्भ मेलामा आफुलाई सचिव पदको प्रत्यासी बनाएका छन । उनको यो परिक्षण हार र जीतमा सिमित छैन । उनले हार्नु भनेको मध्यपूर्वका एजेण्डाहरुले हार्नु पनि हो । मध्यपूर्वका समस्याहरुले केन्द्रमा पाउनु पर्ने पहुच गुमाउनु पनि हो । यसर्थ मध्यपूर्वको आवाजलाई एनआरएन मार्फत नेपाल सरकार समक्ष खरो गरि पुरयाउन आरके शर्माले जित्न आवश्यक छ ।

आफ्नो आर्थिक हैसियत मात्र उकासेर देशलाई वा समाजलाई योगदान दिन सकिन्दैन । एक्लो व्यक्ति धनी भएर समाज र देशलाई केही राहत मिल्दैन । आफ्नो ईज्जतका लागि नेपालीहरु धनी बन्न पर्दछ, राष्ट्र सवल बन्न जरुरी हुन्छ भन्ने बोधका साथ आफ्नो कमाईको अंश देश र समाजका लागि उनले खर्चिदै आएको तर्कलाई उनका व्यवहारहरुले पनि पुष्टि गर्दै आएको छ ।

खाडीका विभिन्न देशमा च्यारिटीमा वर्षेनी लाखौ रकम उनले खर्चिएका छन । खाडी मुलुकको दौडाहाका क्रममा विगत २ बर्षमा उनी तीन पटक कुवेत आईसकेका छन । यसपटक उनले दुःखमा परेका नेपालीहरु जसलाई एनसीसी कुवेतले उद्धार गरेर नेपाल पठाउन आर्थिक समस्या झेलिरहेको समस्या सुने त्यसपछि १५ वटा टिकट दिने स्वःस्फुर्त घोषणा नै गरे ।
यदि युरोप, अमेरिका, अष्ट्रेलिया र पूर्वी एसियाले खाडी मुलुकमा दुःख पाउने नेपालीहरु आफ्ना दाजुभाई हुन , आफ्नै चेलीबेटीहरु हुन भनेर बुझिदिन्छन भने उनीहरुले आरके शर्मालाई भोट हालेर न्याय गर्न पर्दछ । खाडीका उमेद्धारलाई जिताउन खाडीका मजदुरको भोट मात्र पर्याप्त हुन्न । विश्वमा रहेका एनआरएन सदस्यले खाडीलाई नजिकबाट बुझेको मान्छे नै नेतृत्वमा रहे त्यो बढी प्रभावकारी हुन्छ भनेर बुझे भने त्यो ६० डिग्रीको तातोमा काम गर्ने मजदुरहरुलाई माया गर्दारहेछन भनेर बुझेको निश्कर्ष निकाल्न सकिन्छ । अतः मध्यपूर्वका मजदुरका राजा राजेन्द्र शर्माको जित सुनिश्चित गर्न जरुरी छ । यसका लागि विश्व एनआरएन गंभिर बन्नु पर्दछ । आरके शर्माले हार्ने हो भने मध्यपूर्वका मजदुरहरुको एनआरएनप्रति निराशा पैदा हुन सक्छ । उपेक्षा गरिएको अर्थ लाग्न सक्छ । सवल र सक्षम राजेन्द्रलाई भविश्यमा एनआरएनको मुल नेतृत्वमा विश्वले परिक्षण गर्ने अविरलयात्रालाई साथ दियोस । विजयको शुभकामना ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...