नयाँ र पुरानोको कुरा नगरौं अब त धोती फुस्काए जनताले धोती लगाई दिएपनि झन बढी खुस्काए जनता नयाँ धोती लगाई दिन्छन्न फुस्कने गरी यिनीहरू नाङ्गो हुन खोज्छन् पागल जस्तो गरी । धोती फुस्कियका पनि फेरि लाउन पर्ने आफैले थुकी आफ्नो मुखमा थुक पर्दा पनि फेरि त्यही थुक चाट्ने फुस्कियो यिनीहरूको…
किन फोटो शेयर गर्नु फेसबुकमा साँचेकी छु तिम्रो माया ढुकढुकीमा साँचो माया लाउदा प्रचार गर्नै पर्छ र ! अटल विश्वास हाम्रो प्रेम कहाँ त्यसै मर्छ र बगैचाको फूल पनि नओइलाइ कहाँ झर्छ र! किन फोटो..................................... साँचेकी छु ..................................... जिन्दगीको यात्रामा कहिलेकाहीँ लडिएला लडेपछि उठ्नु है अनि गन्तव्य भेटिएला डटेर अगाडि…
कस्तो हो? यहाँ के हुन खोजेको? किसान धरधरी रोएको पाइयो मरी सकेको राजतन्त्रलाई उठाउन हजारौं मान्छे रोडमा देखियो भाडाका मानिस भए पनि जनसागर बनाइयो आफ्नो आफ्नो तागत यहाँ सबैको भेटियो। अनि, सरकारलाई तागत देखाउन प्रतिपक्ष सडकमा उत्रियो अस्ति भर्खर आफ्नो नेता कुटेको भनी कुर्लियो । रोडमा अब उर्ली रहने रे…
सुन्न परेको कुरो,के हो कुन्नी? सुत्ने बेला भयो भनी बेड तिर गएको आठ करोड घोटाला भयो भन्ने न्युज पो सुन्नमा आएको।। झन झनी रिस उठी, कम्पारो नी तात्यो गर्न त के सक्छु दुईचार शब्द कोरे, कस्तो भयो देशमा भनी मन भित्र रोए।। अस्ति मात्र मास्टर काटेँ, आज फेरि यस्तो के…
वर्ण-२१, विश्राम ७,७,७ > 🌷🙏🌺 कोरोनाले सतायो, हरबखत डुब्यौँ, दु:खमा वेदनामा पाखण्डीले डुबायो, विरुत विरहको, तालमा पोखरीमा नानाभाँती गरायो, खलखल पसिना, देहमा ताडनामा डाँडापाखा रुँदैछन्, धुरुधुरु विचरा, शान्तिको कामनामा ।१।🌷🙏🌺 कोरोनाको चपेटा, कहर शहरमा, गाउँमा वेदनामा आशा त्यान्द्रो हरायो,झन झन थपियो, कष्ट यो जीवनीमा माता देवी पुकारे हरहर जनले, दु:खको…
जीवनी बागमा काव्यको फूलमा शीतको साथमा मित्रता रातमा गायिका नायिका बागमै मस्त छ्न् दु:खमा दुख्दछ्न् गीतमा नाच्दछ्न् ।१।🌷🙏🌺 जोसुकै बागमा आउने गर्दछ्न् वागमै भुल्दछ्न् डुल्दछ्न् रम्दछन् काव्यका फूलमा लट्ठ छ्न् माहुरी फूलको माधुरी लुट्दछन् बेसरी ।२।🌷🙏🌺 स्वार्थको साथमा मित्रता गाँस्दछ्न् स्वार्थका पारखी स्वार्थमा डुब्दछ्न् नक्कली घारमा माहुरी छोप्दछ्न् माधुरी मातको…
ए! "कता हिंडेको पुलिसको? लाठी खानु छ।" यो सडक तिम्रो विर्ता हो र ? उसले बिस्तारै भन्यो । एई !"समात त्यसलाई सडक कसको हो बताउनु पर्यो। "समाई त हाले उसलाई । उ फुत्किन खोज्दै थियो । एकलाठी बजाई हाले। होइन मेरो के गल्ती भय?, ऊ प्रश्न गर्दे थियो । अझै…
बहर: मुतकारिब मुसम्मन सालिम १२२ १२२ १२२ १२२ डुलायौ भुलायौ बनायौ भकुन्डो डुलेकी कता छौ लगाई मुकुन्डो ।१।🌷🙏🌺 डुबायौ पिडामा टुटायौ निशानी रहेछौ सहेली भिरैको चिचिन्डो ।२।🌷🙏🌺 लडायौ कुनामा बनायौ तमासा सुटुक्कै गरेकी तयारी कुसुन्डो ।३।🌷🙏🌺 उजेली चमेली जुनेली मिलेका समाई उजिन्डो बनायौ उभिन्डो ।४।🌷🙏🌺 अरौटे भरौटे चुरौटे कुरौटे मिलेरै…
सच्चा ती कविको विराट छविको सम्मान सत्कारमा राखेका जनले सदैव मनले सद्भाव श्रध्दा यहाँ विद्याको तुलना कदापि नगरी हीरा र मोती सित मानेका कविले विशाल मनले आजन्म यस्तै रित ।१।🌷🙏🌺 दिक्दारी अहिले गरेन कविले संस्कार मान्ने कुरा पार्टीका भरमा थिचाइ कविमा गर्ने कुरा हो बुरा बोकेका कविले कुभाव मनमा झण्डा…
सन्तको साधना शान्तिको कामना दुष्टको भावना आसुरी चाहना जीवनी फूल झैँ कोपिला फक्रँदा श्यालको फुर्ति त्यो जीवनी फक्रँदा ।१।🌷🙏🌺 आसुरी भावना दानवी चाहना रामको चेहरा कंसको साधना चोरको साथमा डुल्दछौ रातमा शक्तिको आडमा शक्तिकै मातमा ।२।🌷🙏🌺 शाकिनी डाकिनी डिम्बिका साथमा रम्दछौ जम्दछौ घुम्दछौ साँझमा जानकी, मञ्जरी, शान्तिको घातमा देखियो धारिलो…
![]()