Saturday 8th August 2026

निरेम प्रोडक्सनको मानवतावादी पहल: दार्चुला जिल्लाको दुर्गा स्थान माविलाई १ लाख सहयोग


निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

यस सहयोगमा सुदूरपश्चिमेली नेपाली समाज कुवेतका संरक्षक गगन सिंह बिष्टको सक्रिय पहल रहेको छ। विकट क्षेत्रका बालबालिकाको शिक्षामा सानो भए पनि सार्थक योगदान पुर्‍याउने उद्देश्यले उक्त सहयोग उपलब्ध गराइएको हो।

हरेक वर्ष कुवेतमा सांगीतिक कार्यक्रम आयोजना गर्दै आएको निरेमले नेपालका दुःखी, पीडित तथा पछाडि परेका समुदायका लागि निरन्तर सहयोग गर्दै आएको छ। यस वर्ष राजु लामाको विशेष उपस्थितिमा सम्पन्न ‘निरेम सांगीतिक उत्सव’बाट संकलित रकमको एक अंश दार्चुलाको दुर्गम बस्तीमा रहेको उक्त विद्यालयलाई हस्तान्तरण गरिएको हो।

प्राप्त सहयोग रकम विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै खेलकुद, साहित्य तथा संगीतजस्ता अतिरिक्त क्रियाकलाप सञ्चालनमा प्रयोग गरिनेछ। कक्षाकोठाभन्दा बाहिरको सिर्जनात्मक सिकाइले विद्यार्थीहरूको सोच, आत्मविश्वास र सिर्जनशीलता अभिवृद्धि गर्छ भन्ने विश्वासका साथ यो पहल अघि बढाइएको हो।

नाफाभन्दा मानवतालाई प्राथमिकता दिने निरेमको यो कदम केवल आर्थिक सहयोग मात्र नभई दुर्गम भेगका बालबालिकाको भविष्य उज्यालो बनाउने प्रेरणादायी प्रयासका रूपमा लिइएको छ। विदेशमा रहेर पनि मातृभूमिका लागि योगदान गर्ने यस प्रतिबद्धताले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ।


सम्बन्धित शीर्षकहरु

नेपाल सरकारले बजारमा सामान तथा सेवा खरिद गर्दा बिल लिने उपभोक्तालाई पुरस्कार दिने व्यवस्था सुरु गरेको छ। यसको मुख्य उद्देश्य…

कुवेत। संयुक्त राज्य अमेरिकाले इरानसँग स्ट्रेट अफ होर्मुज (Hormuz) सम्बन्धी सम्झौता कार्यान्वयनमा आए इरानी बन्दरगाहमाथि लगाएको नौसैनिक नाकाबन्दी हटाउने संकेत…

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकाअन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा दशकौँदेखि जग्गाको स्वामित्वसम्बन्धी प्रमाणको प्रतीक्षामा रहेका स्थानीयले…

प्रतिकृयाहरू
...