तीतोपाटी - उदक अभ्यास अन्तर्गत हरेक हप्ताको शनिबार जस्तै यस हप्ता पनि आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्बिरअनुसारको गहन भाव झल्किने एउटा मात्र उदक साँझ ५ः०० बजेसम्म आफ्नो नाम र ठेगाना सहित उदक लेख्नु हुन हार्दिक अनुरोध गरिएकोमा जम्मा ४९ जना स्रष्टाहरूको उदक प्राप्त भएको छ । प्रशिक्षक श्री आर्त अकुलीनले…
"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" पाञ्चायन २ (दुई) पञ्चाङ्ग १० (दस) १ हृदयमा आँधी चल्यो झरी बनियो खुसीहरू सल्बलाए चरी बनियो नारी हो अनेक रूप धारण गर्ने ढुङ्गा जस्तो हुँदाखेरि खरी बनियो सुकोमल सुन्दरमा परी बनियो । २ एकादशीको व्रतमा भोक हराउँछ औषधि प्रयोग गर्दा रोग हराउँछ…
१. बढ्दै छ लोभको मात्रा लोभीको मनमा अझै जसरी बढ्छ यो देह त्यसरी नै शनै शनै । २. मर्नु नै जन्मिनु हो रे ’मृत्यु’ को परमार्थमा सोचिन्छ मनले यौटा अर्कै हुन्छ यथार्थमा । ३. लोभी मान्छे पिछा लाग्छ रूप फेरी जताततै छेपाराको प्रतिच्छाया देखिन्छ कि त्यहाँ कतै । ४. नष्ट…
गुरु पूर्णिमा सम्बन्धी शीतहरू बुबा आमा पैला गुरु शिर राखी ढोगे सुरु शिक्षा दिक्षा दिने गुरु मान राखें खुरु खुरु यिनै मेरा दुई गुरु श्रद्धा भक्ति गरे गुरु दृष्टि दियौ लक्ष्य चुमे सही मार्ग दियौ घुमे दुःख कष्ट कैले नहोस् सदा स्मृति आई रहोस् देव सरी बन्यो मूल्य तिम्रो पून्य…
खाडीको संघर्ष #### आमाको काख, घर र आँगन छोडेर आएथें, यो जिन्दगीलाई सफल पार्न संघर्ष गरेथें । बिरानो ठाउँ बिरानो मान्छे उजाड ठाउँमा छु, जलेको आत्मा चिरिएको मुटु लिएर बाच्दैछु । जिन्दगीभर दुख र कष्ट भाग्य नै यस्तै रहेछ , आशाको दियो अन्धकार रातको मरेर गएछ । आँशुको धारा, रगत…
शीत गुरु ईश माता पिता जल थल नभ गीता तन मन पूरा भक्ति बिधा बुद्धि बल शक्ति ज्ञानी गुणी हर पल सदा जित सत्य फल हेर्न सकुँ दीन दुःखी माग्छु वर सबै सुखी प्रभु गाथ बिन्ति माथ पाऊँ मैले सदा साथ ब्रह्मा बिष्णु शिव यम गुरु देव नमो नमः सुसेली…
गुरु पूर्णिमा विशेष जन्म दिने आमा बाबु मेरो पैलो गुरु हुन शिक्षा दिक्षा ज्ञान दिने मेरो दोस्रो गुरु हुन गुरु पुर्णे दिन आज गुरु लाई नम गर्छु गुरु गुण गान गर्दै गुरु दक्षिणा अर्पि दिन्छु -देवेन्द्रराज शाक्य बुटवल ।
बहर :- रमल मुसद्दस महजुफ काम भन्दा अति कुरा गर्छन् यहाँ । गर्नु पर्दा काम पर सर्छन् यहाँ । प्राण धान्ने अन्न नहुँदा दिनदिनै लाग्छ मान्छे भोकले मर्छन् यहाँ । दुष्टका पापी नजरद्वारा सधैं कोपिला चुँडिएर नै झर्छन् यहाँ । वृद्ध बा आश्रम पुगे जीवित हुँदा पिण्डद्वारा पार के तर्छन्…
गजल ### मुटुभरि सजाई राखे मेरो माया, आउँला कुनै दिन । गाडी चढी मिठा वात गर्दै घुम्न जाउँला कुनै दिन । सम्झी बसे यतै हेरे, पक्कै आउँछु म त एक दिन दिव्य क्षण दुई मुटु एक हुन पाउँला कुनै दिन । दिन रात गगनभरि सयौं जहाज उड्छन् हेर कति पर्खी…
पूर्ण आस्था ॠतु वर्षा प्यासी धर्ती शान्त चेत उब्जो अन्न खेत भरि खन्छु माटो भेट्छु सुन नाच्छ चरी वरी परी इन्दिरा गौतम ओदालगुडी,असम शीतहरु गरौं जोह माया मोह मरि जानु छैन लानु ध्रुब सत्य कस्तो हत्य जति गर्छौ त्यती मर्छौ शुचिता काफ्ले काठमाडौं सुर्य आए उर्जा दिए कर्म गर्ने मर्म…
![]()