Saturday 29th August 2026

दश स्रष्टाका स्वतन्त्र उदकहरू


प्रकृति
गोधुली साँझ
इन्द्रेणी रङ्ग आकृति !
-लता पौड्याल निरौला

झरी
मनमा परी
रुझे आज परेली !
-सविता के. सी.

सूर्यास्त
प्रतीक्षा समाप्त
खुसी मनाउँदै चमेरा !
-टीकाराम जोशी

श्रावण
वर्षाको पानी
मन जलेर खरानी !
-आर्त अकुलीन

हृदयमा
चिन्ताको भारी
ठप्प जिन्दगीको सवारी !
-अञ्जिता राउत

आश
कतै टुट्ला
भन्ने लागेको सन्त्रास !
-घनश्याम पौडेल

पानी
असार श्रावण
झरी जस्तै जिन्दगानी !
-मञ्जु बस्नेत

घुम्टो
बादलको फरिया
वर्षातमा जगतै हरिया !
-हिमाल अम्मै

बिहानी
कामको थालनी
प्रकृतिमा प्रचुर जवानी !
-इन्दिरा ज्ञवाली

व्रत
धार्मिक आस्था
स्वस्थ रहने कला !
-तिला लेकाली


सम्बन्धित शीर्षकहरु

नेपालको भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार, खोजी तथा राहत कार्यका लागि अन्तर्राष्ट्रिय सहयोग बढ्दै गएको छ।…

रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारका लागि सरकारले दोस्रो दिन पनि तीव्र रूपमा प्रयास जारी राखेको छ।…

काठमाडौं — नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोपछि बेपत्ता हुनेको संख्या १ हजार ९२४ पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा…

प्रतिकृयाहरू
...