Tuesday 10th November 2026
Ads
Image

तितोपाटी - पाकिस्तानको बलुचिस्तान प्रान्तमा १५ देखि २० जनाको आतंकारी समुहले गरेको बस आक्रमणमा परी कम्तिमा १४ जनाको मृत्यु भएको छ । अन्य २ जना भागेर ज्यान जोगाउन सफल भएको बताइएको छ । त्यहाँको प्रहरीले आतंकारीहरुलाई पहिचान्न नसकेको बताएको छ साथै घटना गराइनुको कारण पनि पत्ता लाग्न सकेको छैन् । आतंकारीहरुले…

Image

तितोपाटी - संयुक्तराज्य अमेरिकामा आँधीको कारण ४ जनाको मृत्यु भएको छ । अमेरिकाको मिसिसिपी र अलाबामा राज्यमा आएको आँधीका कारण चार जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । मिसिसिपी राज्यको लिन्कन काउन्टीमा बिहीबार एउटा रुखले किचेर ६३ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । अरु दुई जनाको गाडी चलाइरहेका बेला मृत्यु…

Image

तितोपाटी - मोरङ र उदयपुरमा शुक्रबार राती  सवारी दुर्घटना हुँदा दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ। मोरङको सुन्दरहरैंचा नगरपालिका–३ त्रियुगा चोकमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २६ प ३०९९ नम्बरको मोटरसाइकल शुक्रबार बेलुका ७ बजे आफैँ अनियन्त्रित भइ दुर्घटनामा परेको थियो। दुर्घटनामा मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय धनकुमार राईको मृत्यु भएको…

Image

तितोपाटी - नेपाल कुवेत सरोकार समाज कुवेतले नयाँ वर्ष २०७६ को अवसरमा अायोजना गरेको शुभकामना अादान-प्रदान तथा तेश्रो सांगितिक धमाका २०१९ अाज एक समारोह विच भव्य रूपमा सम्पन्न भएको छ । समाजले नेपालका चर्चित राष्ट्रिय कलाकार मेगा स्टार राजेश पायल राइलाइ अतीथि कलाकारको रूपमा कुवेत ल्याइ कुवेतको जलिब स्थित इन्डियन…

Image

तितोपाटी - उत्तर कोरियाले बुधबार नयाँ सामरिक महत्वको हतियार परीक्षण गरेको छ। उत्तर कोरियाली सञ्चारमाध्यम केसीएनएका अनुसार सैनिकको क्षमता बढाउन टाढैबाट नियन्त्रण गर्न सकिने नयाँ हतियारले निकै सहयोग पुग्नेछ। केसीएनएले उत्तर कोरियाली नेता किम जोङ–अनले बुधबार उक्त नयाँ हतियारको परीक्षण कार्यको निरीक्षण गरेको जनाएको छ। तर नयाँ हतियारका बारेमा विस्तृत विवरण…

Image

तितोपाटी - आर्थिक संकटले ग्रस्त भारतीय जेट एयरले महिनौंदेखि तलब नदिएपछि कर्मचारी आन्दोलित भएका छन्। दैनिक खर्च धान्न समेत मुस्किल भएको भन्दै कर्मचारीले आइतवार नयाँ दिल्लीमा प्रदर्शन गरेका हुन्। उनीहरुले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सहयोगका लागि समेत अनुरोध गरेका छन्। उनीहरुले सडकमै रुवाबासी गरेका थिए। भारतीय सञ्चार माध्यम दैनिक भास्करको अनलाइन संस्करणका…

Image

बसन्त थापा- कुवेतको लागि नेपाली राजदूत दुर्गा प्रशाद भण्डारीलाई गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कुवेतले भव्य स्वागत गरेको छ। एनआरएन कुवेतकी अध्यक्ष सुमित्रा पौडेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा कुवेतमा क्रियाशील राजनीतिक भातृसंगठनका पदाधिकारीहरु तथा विभिन्न संघसंस्थाका अध्यक्ष तथा अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कुवेतको फरवानिया स्थित (चेफ नौशद) रेष्टुरेँटमा…

Image

तितोपाटी - आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको आज औपचारिक रुपमा उद्घाटन हुँदैछ । नेपालगञ्ज रंगशालामा आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।प्रतियोगिताका खेलहरु शुरु भएको एक सातापछि बल्ल अाैपचारिक उद्घाटन हुन लागेको हो । प्रतियोगिताको समापन भने बैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। वैशाख ११ गतेसम्म…

Image

तितोपाटी - चितवनमा सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ भने एक घाइते भएका छन् । जिल्लाको भरतपुर महानगरपालिका ११ गणेस्थानचोकमा आँपटारीबाट केन्द्रीय बसपार्कतर्फ आउँदै गरेको बा ४ ख ८१७६ नंको ट्रकले सडक पार गर्दै गरेको बा ४६ प ७८३० नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु…

Image

तितोपाटी - पेरुका पूर्वराष्ट्रपति आलान गार्सियाले आफैले गोली प्रहार गरी आत्महत्या गरेका छन्। उनले आफ्नै घरमा बुधबार आफ्नै टाउकामा आफैँले गोली प्रहार गरेको अधिकारीले जानकारी दिएका छन्। उनीमाथि लगाइएको भ्रष्टाचारसम्बन्धी आरोपमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गर्न लाग्दा आत्महत्या गरेको उनका वकिल र अस्पतालका अधिकारीले जनाएका छन्। घटनालगत्तै ६९ वर्षीय गार्सियालाई लिमास्थित कासिमिरो उल्लोआ…